१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गाउँमै खानेपानीको धारा आएपछि थकरीकोटबासी हर्षित

१५ चैत्र २०७२, सोमबार ०६:४८

ओमप्रकाश गुप्ता, चैत १५, देउखुरी । देउखुरीको सिसहनियाँ ७ थकरीकोटकी कौशिला बुुढामगरलाई अब एक डेढ घण्टा उकालो ओरालो गरेर एक गाग्री पानी लिन जानु नपर्ने भएको छ ।

pani1

उनको घर नजिकै खानेपानीको धारा आए पछि बुुढामगर जस्ता सयौँ गृहिणी महिलाहरुलाई खानेपानीको समस्या टरेको छ । खाना पकाउनकै लागि गर्मी मौसममा तीन घण्टा उकालो ओरालो गरेर तल खोलाको दुुषित पानी पिउनुु पथ्र्यो तर अब घर नजिकै खानेपानीको धारा आए पछि हामीलाई निकै सजिलो भएको बुुढामगरले भनिन् ।

गाउँमा खानेपानीको समस्या हुँदा एक डेढ घण्टा उकालो ओरालो गरेर खोलामा पानी लिन जानु पर्ने बाध्यताका कारण स्कुल पढ्न जाने छोराछोरीहरुलाई समयमै खाना पकाएर खुवाउन नसक्ने समस्याले भोकै स्कुल पठाउनु पथ्र्याे बुुढामगरले भनिन् । खोलाको दुषित पानी पनि अमृत मानेर पिउनु पर्ने हाम्रो बाध्यता थियो, सोही ठाउँकी आर्की गृहिणी उमा थापाले भनिन् । दुषित पानीको प्रयोगकै कारण विभिन्न रोगबाट बर्षेनी कतिपयको अकालमा ज्यान जाने गथ्र्यो थापाले भनिन् । अब त घर नजिकै खानेपानीको धारा आए पछि देवता आए जस्तो भएको छ, उनले भनिन् ।

pani2
देउखुरीको थकरीकोट, चित्रीकोट लगायतका गाउँमा खानेपानीको धारा आए पछि करिव ६५ घर परिवारका २ सय २१ जनाले स्वच्छ खानेपानी पिउन प्रत्यक्ष लाभन्वित भएका छन् । एग्रिकल्चरल एण्ड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल (कादरी) को ८० लाख र २० लाख ८० हजारको जनश्रमदान गरी कुल १ करोड ८० हजार रुपैयाँ बराबरको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको थकरीकोट सोलार पम्पिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुुर्गा उचहीमगरले जानकारी दिए ।

हाल उक्त खानेपानी आयोजनाका लागि एउटा पानी संकलन ट्याङ्की , एउटा पानी बितरण ट्याङ्की र ३३ ओटा सोलारपाताको ३ हजार ६ सय ३० वाट क्षमता भएको सोलारपावर जडान गरि ११ वटा खानेपानी धारा निर्माण गरिएको कादरीका म्यानेजर दोवान कुुमार राईले बताए । समुद्र सतह देखि १ सय ७० मिटरको उचाईमा रहेका मेन ट्याङकीमा ३० हजार लिटर र वितरण ट्याङकीमा २ हजार लिटर क्षमता भएका दुई वटा पानी ट्याङ्की, समेत निर्माण गरिएको राईले जानकारी दिए ।

यसैबीच नवनिर्मित खानेपानी आयोजनाको शनिवार एक कार्यक्रमका बीच उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । कादरी संस्थाका म्यानेजर दोवान कुुमार राईले थकरीकोट सोलार पम्पिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुुर्गा उचहीमगरलाई हस्तान्रण गरेका थिए ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुुर्गा उचही मगरको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुुर्णबहादुुर बुुढाथोकी, कादरीका म्यानेजर दोवानकुुमार राई, सुुपर भाइजर बुुद्धुकुुमार पुुुनमगर, जुुरपानी खानेपानी समिति केहलुुवाका अध्यक्ष खिमबहादुुर के.सी, सिसहनियाँ स्वास्थ्य चौकीका सिनियर अहेव नारायण राउत, समाजसेवी प्रकाश विष्ट, करङ्गेकोट गाउँ अगुुवा चित्रबहादुुर थापा, भुुल्के गाउँ अगुुवा चेतनाथ उचहीमगर, वनगाउँ स्रोत केन्द्रका स्रोत व्यक्ति रामप्रसाद जैशी, सिसहनियाँ प्रहरी चौकीका प्रमुुख गंगाप्रसाद पौडेल, टुुकमान समाल, मोहनलाल खत्री, विक्रम कटुुवाल लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा खानेपानी आयोजना निमार्ण कार्यमा सहयोग पु¥याएको भन्दै एक दर्जन बढी सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो सन्तराम सारुमगरको स्वागत मन्तव्यबाट सुुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव भिमसेन समाल मगरले गर्नुु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन