२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा एक महिला शंकास्पद अवस्थामा मृत फेला

२०७४, १० फाल्गुन बिहीबार ११:२९

चिसाङ शेर्पा / फागुन १०, खोटाङ | खोटाङमा शिक्षकका श्रीमती मृत अवस्थामा भेटिएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुजता राई आफ्नै घरमा मृत फेला परेकी छन् । मृतक शान्तोद्धय माबिका प्रअ दिपबहादुर राईकी श्रीमती हुन् । दिपबहादुर छोरीको उपचारका लागि काठ्माण्डौं र छोरा पनि आफन्तको घरमा गएकोबेलामा एक्लै भएको अवस्थामा राई शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।

आफन्तकोमा जलेश्वरी गएर फर्किएका छोराले सुजतालाई कोठामा मृत अवस्थामा फेला पारेको आफन्तले बताएका छन् । ढोका ढप्काइएको कोठाभित्र सुतेझैं अवस्थामा मृतकको शव घाँटीमा पुरुषको ज्याकेटले बाँधेको अवस्थामा फेला परेको स्थानीय उर्मिला लम्सालले बताईन् । 

घाँटीमा पुरुषको ज्याकेटको पासो भेटिनु, घाँटी तथा पिठ्यूँमा निल, डाम देखिएको र सर्लक्क सुतेको अवस्थामा शव भेटिएकाले घट्नालाई आफन्तले शंकास्पद मानेका छन् । सुजताको मृत्युको कारण अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । खोटाङका तीन महिलाको हत्या भएको लामो समयसम्म दोषी पत्ता लाग्न नसकेकोबेलामा पुःन सुजता शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा