२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा, यस्तो छ व्यवस्था

११ फाल्गुन २०७४, शुक्रबार ०६:०६

फागुन ११, नुवाकोट | नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । 

विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार पत्रकार सम्मेलनमार्फत आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार महोत्सवमा प्रदेश नं ३ स्तरीय अवलोकनकर्ता सहभागी गराउन लागिएकाले यहाँको कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवद्र्धन गराउन प्राथमिकता दिन लागिएको छ । 

एघार दिनसम्म चल्ने महोत्सवमा २७५ स्टल समावेश हुने प्रचारप्रसार समितिका संयोजक सन्तोष उप्रेतीले बताउनुभयो । “कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्रीको बिक्री एवं प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको छ,” उप्रेतीले भन्नुभयो । 

उहाँले भन्नुभयो, “यसअघि सञ्चालित महोत्सवका कमजोरी सच्याउँदै अहिलेको महोत्सव उत्कृष्ट बनाउन नुवाकोटको पहिचान रहेको त्रिशूलीको कान्छी बदाम, शिखरबेँसीको चामल, ककनीको ट्राउट माछा र स्ट्रबेरी, किस्पाङको भूईस्याउको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाएका छौँ ।” 

‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ भन्ने नारासहित सञ्चालन हुन लागेको पाँचाँै नुवाकोट महोत्सव नाफाभन्दा पनि सेवामूलक र जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउन केन्द्रित गराइने आयोजकले दाबी गरेका छन् । 

महोत्सवलाई आकर्षक बनाउन र स्थानीय संस्कृति र धार्मिक स्थलको सम्बद्र्धन गराउन गोरु जुधाइ, त्रिशूली नदीमा र्याफ्टिङ, साततले दरबार परिसरबाट प्याराग्लाइडिङ, जिल्लाको मुख्य–मुख्य स्थानसहित गणेश हिमाल हँुदै गोसाइँकुण्डसम्म हेलिकप्टर भ्रमण तथा हात्ती सफारीको समेत व्यवस्था मिलाएको आयोजकले जनाएका छन् ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य