२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली राजमार्गका सवारीमा निगरानी बढाईने

११ फाल्गुन २०७४, शुक्रबार १६:०३

फागुन ११, सुर्खेत | प्रदेश नम्बर–६ को कर्णाली हाइवेमा गुड्ने सवारी साधनमा निगरानी बढाइने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली हाइवेमा गुड्ने सवारी साधनलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ट्याकिङमार्फत निगरानी राख्ने भएको हो।इलोक्ट्रोनिक प्रदेश निर्माण गर्ने रणनीति अनुसार सवारी दुर्घटनाको उच्च जोखिम मानिने कर्णाली हावेइमा उक्त प्रविधि जडान गरिने भएको हो ।

ग्लोबल पोजिसनिङ सिस्टम (जीपीजीपीएस ट्याकिङ सफ्टवेयरमार्फत एस) मार्फत कुन सवारी साधन कुल स्थानमा गुडिरहेको छ ? कति यात्रु सवार छन् ? लगायतको प्रत्यक्ष जानकारी राखिने छ ।ट्राफिक दुर्घटना न्यूनिकरण र यातायात व्यवस्थापनका लागि यात्रायात व्यवसायीहरुसँग समन्वय गरी सवारी साधनमा उक्त उपकरण जडान गरिने मन्त्रालयले जानकारी दिएको छ ।

ग्लोबल पोजिसनिङ सिस्टम जडान गरिएको सवारी साधनको निगरानी प्रदेश प्रहरी कार्यालय सुर्खेतले राख्ने छ । अबको पाँच दिनभित्र प्रहरीको ड्यूटी रहने सवारी साधनमा समेत उक्त उपकरण राखिने प्रदेश प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले बताए । उनका अनुसार ग्लोबल पोजिसनिङ सिस्टमले तत्कालिन समयको लोकेशनको जानकारी दिनेछ ।

हाल यस प्रदेशमा सवारी दुर्घटनाका कारण ११ प्रतिशत मानिस मृत्यु हुने गरेको छ। बढ्दो दुर्घटनालाई न्यूनिकरण गर्न ‘सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गरिने एआइजी चन्दले बताए । जसअन्तर्गत कर्णाली राजमार्ग, छिञ्चु–दैलेख राजमार्ग र कपुकोट–रुकुम राजमार्गमा हावेइ पुलिस पोर्टल, चालक, नागरिक र सडक प्रयोगकर्तालाई सडक दुर्घटनाबारे जानकारी दिइने छ । नौं दिनसम्म सडकस्तरमा कार्यक्रम गरिने उनले बताए ।

यात्रुको सुविधालाई ध्यानमा राखेर कर्णाली हाइवेमा चल्ने सवारी साधनहरुको टाइम कार्ड परिवर्तन गरिएको छ । मन्त्रालयले गाडी चालकले मादक पदार्थ सेवन नगरेका साना सवारलाई जुनसुकै बेला पनि ओहोर–दोहोन गर्न पाउने व्यवस्था मिलाएको हो । विगतमा कर्णाली राजमार्ग रातको सयममा यातायात सञ्चालनमा कडाइ गरिएको थियो । मन्त्रालयले यात्रुवाहक ठूला सवारी बाहेक साना सवारीलाई अब रातको समयमा पनि सञ्चालन गर्न पाउनेगरी अनुमति दिएको हो ।

यात्रुवाहक र ठूला सवारीलाई भने रातको १० बजेदेखि विहान ५ बजेसम्म रोक लगाइने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए । उनले यात्रुवहाक सवारीलाई यसअघि राती ८ बजेपछि रोक लगाउँदै आएकोमा अब दुई घण्टा बढाएर १० बजेसम्म सञ्चालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य