२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा किताब नदेखी वार्षिक परीक्षाको तयारीमा विद्यार्थी

१२ फाल्गुन २०७४, शनिबार ०४:४२

फागुन १२, रुकुम । पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् । 

आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिकसत्रको अन्त्यमा हुने वार्षिक परीक्षा आउन एक महिनाभन्दा कम समय हुँदासम्म ऐच्छिक भूगोल र शिक्षालगायत किताब पाएका छ्रैनन् । 

यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीको त्यही समस्या छ । वर्षिक परीक्षा दिने समय नजिकै आए पनि आफूहरुले अहिलेसम्म नयाँ किताब देख्नसम्म नपाएको ज्ञानज्योति मावि गोतामकोटका विद्यार्थीको गुनासो छ । 

“किताब ल्याइदिनका लागि बारम्बार विद्यालयमा कुरा गरेको हुँ”, कक्षा १० की छात्रा रमिता यरीले भनिन्, “हामीले अनिवार्य नेपाली, स्वास्थ्य तथा जनसंख्या र ऐच्छिक भूगोल र शिक्षा किताब अहिलेसम्म पनि पाएका छैनौँ ।” आफूहरुले किताब नै नदेखेर परीक्षा दिने तयारी गरिरहेको उनीहरुको भनाइ छ । 

गाउँमा रहेका विद्यालयमा किताब र पढाइसमेत नभएपछि केही विद्यार्थी पढ्नका लागि सदरमुकाम मुसीकोट आएका छन् । परीक्षा आउनलाग्दा समेत आफ्नो विद्यालयमा किताब नपुगेपछि आफूहरु कोठा भाडामा लिएर तीन महिनाका लागि ट्युसन पढ्न सदरमुकाम आउन बाध्य भएको विद्यार्थी सन्दीप केसीले बताए । 

जिल्ला शिक्षा कार्यालयले विद्यार्थी अनुपातमा किताब खरिद गर्न प्राप्त रकम नदिँदा सबै विद्यार्थीलाई नयाँ किताब पु¥याउन नसकिएको शिक्षकको भनाइ छ । 

केही नयाँ र केही पुराना किताब गरेर पढाइ सञ्चालन भने गरिरहेको ज्ञानज्योति माविका शिक्षक लालबहादुर पुनले बताउनुभयो । गत वर्ष पनि यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका थिएनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य