२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा किताब नदेखी वार्षिक परीक्षाको तयारीमा विद्यार्थी

२०७४, १२ फाल्गुन शनिबार ०४:४२

फागुन १२, रुकुम । पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् । 

आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिकसत्रको अन्त्यमा हुने वार्षिक परीक्षा आउन एक महिनाभन्दा कम समय हुँदासम्म ऐच्छिक भूगोल र शिक्षालगायत किताब पाएका छ्रैनन् । 

यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीको त्यही समस्या छ । वर्षिक परीक्षा दिने समय नजिकै आए पनि आफूहरुले अहिलेसम्म नयाँ किताब देख्नसम्म नपाएको ज्ञानज्योति मावि गोतामकोटका विद्यार्थीको गुनासो छ । 

“किताब ल्याइदिनका लागि बारम्बार विद्यालयमा कुरा गरेको हुँ”, कक्षा १० की छात्रा रमिता यरीले भनिन्, “हामीले अनिवार्य नेपाली, स्वास्थ्य तथा जनसंख्या र ऐच्छिक भूगोल र शिक्षा किताब अहिलेसम्म पनि पाएका छैनौँ ।” आफूहरुले किताब नै नदेखेर परीक्षा दिने तयारी गरिरहेको उनीहरुको भनाइ छ । 

गाउँमा रहेका विद्यालयमा किताब र पढाइसमेत नभएपछि केही विद्यार्थी पढ्नका लागि सदरमुकाम मुसीकोट आएका छन् । परीक्षा आउनलाग्दा समेत आफ्नो विद्यालयमा किताब नपुगेपछि आफूहरु कोठा भाडामा लिएर तीन महिनाका लागि ट्युसन पढ्न सदरमुकाम आउन बाध्य भएको विद्यार्थी सन्दीप केसीले बताए । 

जिल्ला शिक्षा कार्यालयले विद्यार्थी अनुपातमा किताब खरिद गर्न प्राप्त रकम नदिँदा सबै विद्यार्थीलाई नयाँ किताब पु¥याउन नसकिएको शिक्षकको भनाइ छ । 

केही नयाँ र केही पुराना किताब गरेर पढाइ सञ्चालन भने गरिरहेको ज्ञानज्योति माविका शिक्षक लालबहादुर पुनले बताउनुभयो । गत वर्ष पनि यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका थिएनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै