२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा चार दिनदेखि स्वास्थ सेवा ठप्प

१२ फाल्गुन २०७४, शनिबार १३:३०

प्रकाश बम/फागुन १२, डोटी । जिल्ला अस्पताल डोटीमा चार दिन देखि स्वास्थ सेवा ठप्प रहेको छ । 

गत आईतबार जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिँहमाथि कुटपिट भएपछि आफुहरु असुरक्षित भएको भन्दै जिल्ला डाक्टरहरुले जिल्ला छोडेका हुन् ।

डाक्टर हरुले जिल्ला छोडेपछि अहिले पोष्टमार्टम लागि समेत शबलाई जिल्लाबाहिर पठाउनुपरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख जनस्वास्थ्य प्रशासक सतिश बिष्टले बताउनुभयो । अहिले  असामान्य खालका बिरामीलाइ समेत बाहिर पठाउनुपर्ने बाध्यता उहाँले बताउनुभयो ।


सोही घटनापछि दोषिलाई कार्बाहीको माग सहित असुरक्षाको माग गरेर चिकित्सकहरुले जिल्ला छाडेका हुन् । जिल्ला छाड्ने चिकित्सकहरुमा डा. विबस पराजुली, डा. जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. राजकुमार बिश्वकर्मा रहेका छन् । उहाँहरुसंगै जिल्लामा रहेका निजी तथा संस्थागत अस्पतालका चिकित्सकहरुले समेत जिल्ला छाडेका छन् ।

आईतवार भिडियो एक्स–रे गर्ने क्रममा डा. सिंहले बिरामी महिलामाथि दुव्र्यवहार गरेको भन्दै महिलाका आफन्तहरुले सिँहलाई कुटपिट गरेका थिए । कुटपिटबाट सिँहको दाँत भाँचिएको थियो । उक्त घटनापछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ (गोडान)ले बिज्ञप्ती जारी गर्दै जिल्लाका सरकारी तथा नीजि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई जिल्ला छोड्न आग्रह गरेको थियो ।कुटपिटको घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीले चार जना बिरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

जसमा दिपायल सिलगढी नगरपालिका–७ का हिक्मत सिंह बिष्ट, बिजय बिष्ट, टेकबहादुर विष्ट र दिपायल सिलगढी–६ का अरुण महत रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा समेत राखिरहेको छ । 

उता बिरामी महिलाले पनि डा. सिँहले आफुमाथि जवरजस्ती प्रयास गरेको भन्दै प्रहरीलाई उजुरी गरेकी छन् । तर, सो उजुरी प्रहरीले दर्ता भने नगरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शिब बहादुर सिँहले बताउनुभयो । 

जिल्ला छाडेका चिकित्सकहरुलाई फिर्ता बोलाउने प्रयास भैरहेको प्रमूख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो । जिल्लामा चार दिन देखि स्थास्थ सेवा बन्द हुदा सम्बन्धित निकायले खासै चाँसो नदेखाएको सेवा ग्राहिहरुको गुनासो रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु