2026-09-15 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा चार दिनदेखि स्वास्थ सेवा ठप्प

प्रकाश बम/फागुन १२, डोटी । जिल्ला अस्पताल डोटीमा चार दिन देखि स्वास्थ सेवा ठप्प रहेको छ । 

गत आईतबार जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिँहमाथि कुटपिट भएपछि आफुहरु असुरक्षित भएको भन्दै जिल्ला डाक्टरहरुले जिल्ला छोडेका हुन् ।

डाक्टर हरुले जिल्ला छोडेपछि अहिले पोष्टमार्टम लागि समेत शबलाई जिल्लाबाहिर पठाउनुपरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख जनस्वास्थ्य प्रशासक सतिश बिष्टले बताउनुभयो । अहिले  असामान्य खालका बिरामीलाइ समेत बाहिर पठाउनुपर्ने बाध्यता उहाँले बताउनुभयो ।

सोही घटनापछि दोषिलाई कार्बाहीको माग सहित असुरक्षाको माग गरेर चिकित्सकहरुले जिल्ला छाडेका हुन् । जिल्ला छाड्ने चिकित्सकहरुमा डा. विबस पराजुली, डा. जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. राजकुमार बिश्वकर्मा रहेका छन् । उहाँहरुसंगै जिल्लामा रहेका निजी तथा संस्थागत अस्पतालका चिकित्सकहरुले समेत जिल्ला छाडेका छन् ।

आईतवार भिडियो एक्स–रे गर्ने क्रममा डा. सिंहले बिरामी महिलामाथि दुव्र्यवहार गरेको भन्दै महिलाका आफन्तहरुले सिँहलाई कुटपिट गरेका थिए । कुटपिटबाट सिँहको दाँत भाँचिएको थियो । उक्त घटनापछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ (गोडान)ले बिज्ञप्ती जारी गर्दै जिल्लाका सरकारी तथा नीजि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई जिल्ला छोड्न आग्रह गरेको थियो ।कुटपिटको घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीले चार जना बिरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

जसमा दिपायल सिलगढी नगरपालिका–७ का हिक्मत सिंह बिष्ट, बिजय बिष्ट, टेकबहादुर विष्ट र दिपायल सिलगढी–६ का अरुण महत रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा समेत राखिरहेको छ । 

उता बिरामी महिलाले पनि डा. सिँहले आफुमाथि जवरजस्ती प्रयास गरेको भन्दै प्रहरीलाई उजुरी गरेकी छन् । तर, सो उजुरी प्रहरीले दर्ता भने नगरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शिब बहादुर सिँहले बताउनुभयो । 

जिल्ला छाडेका चिकित्सकहरुलाई फिर्ता बोलाउने प्रयास भैरहेको प्रमूख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो । जिल्लामा चार दिन देखि स्थास्थ सेवा बन्द हुदा सम्बन्धित निकायले खासै चाँसो नदेखाएको सेवा ग्राहिहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ