सास/फागुन १५, बैतडी । चितुवा प्रभावित बैतडीको तल्लोसोराडमा चितुवाले फेरी आक्रमण गरेको छ ।
मंगलबार राति पौनै १० बजे मेलौली नगरपालिका– ९ रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेश चन्दलाई चितुवाले आक्रमण गर्दा गम्भिर घाईते भएका छन् ।
राती घरमा सुतिरहेको घरभित्रै पसेर चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । गम्भिर घाईते बालकलाई उपचारका लागि डडेल्धुरा पठाईएको छ ।
यसअघि गत भदौमा मेलौली नगरपालिका ९ कै एक महिलालाई चितुवाले आक्रमण गरि घाईते बनाएको थियो भने, बिगत २०६८ साल यता तल्लोसोराडमा चितुवाले २३ जनाको ज्यान लिइसकेको छ ।
चितुवाको आतंक भैरहदा जिल्ला सुरक्षा समितिले पटक–पटक प्रहरी त्यँहा खटाएपनि प्रहरीले चितुवा फोला पर्न सकेको छैन् । चितुवा प्रभावित क्षेत्रका नागरिकले स्थाई प्रहरी चौकीको माग गरेकाछन् ।