२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कुष्ठरोगका ८८ नयाँ बिरामी फेला

१५ फाल्गुन २०७४, मंगलवार ०७:४०

फागुन १५, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन् । 

खोजी अभियानअन्र्तगत नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा ७२ बिरामी पहिचान भएका हुन् । नवलपुर र परासी क्षेत्रका १२ स्थानीय तहमा कुष्ठरोगका बिरामी पत्ता लगाउन सञ्चालन गरिएको अभियानबाट कुष्ठरोगका नयाँ बिरामी पहिचान भएको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डाका कार्यक्रम प्रमुख रामराज पण्डितले बताउनुभयो । स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको विशेषज्ञ टोलीले घरघरमा पुगेर शङ्कास्पद बिरामीलाई दामियन फाउन्डेशनको सहयोगमा पहिचान गरी परीक्षण गरिएको थियो । 

नेपाललाई सन् २०१० मा नै कुष्ठरोग उन्मूलन भएको भनेर घोषणा गरिको भए पनि नवलपरासीसहित रुपन्देही, कपिलवस्तु, कैलालीलगायत जिल्लामा कुष्ठरोग भएका बिरामीको दर बढी पाइएकाले खोजी अभियान सञ्चालन गरिएको थियो । नवलपरासीमा गत वर्ष मात्र ७७ नयाँ कुष्ठरोगी भेटिएकामा दुई जना अङ्गभङ्ग र चार बालबालिका रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य