२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

फुटबल मैदानमा परिणत बन्यो ठुलाताल

१५ फाल्गुन २०७४, मंगलवार ११:२२

फागुन १५, बागलुङ | बागलुङ नगरपालिका–१० भकुण्डेस्थित ठूलाताल अहिले सुकेर फुटबल मैदानमा परिणत भएको छ । 

मैदानलाई हालै स्तरोन्नति गरी फुटबल खेलका लागि न्यूनतम मापदण्डमा पुर्याइएको छ । यो वर्ष बागलुङ नगरपालिकाले छुट्याएको रु १० लाखको बजेटबाट मैदान चौडा गर्ने, सतह मिलाउनेलगायतका काम सम्पन्न गरिएको छ । फुटबल मैदानलाई जोड्ने मोटरबाटो पनि विस्तार गरिएको वडाध्यक्ष प्रेमबहादुर थापाले बताउनुभयो । 

मैदानलाई फुटबलको अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन अझै पूर्वाधार निर्माणको काम बाँकी रहेको उहाँको भनाइ छ । पर्यटकीय गाउँमा रहेको फुटबल मैदानले खेल पर्यटनलाई पनि बढावा दिने विश्वास लिइएको छ । “पहिले यहाँ ठूलो ताल थियो, अहिले यो खेल मैदानमा परिणत भयो,” वडाध्यक्ष थापाले भन्नुभयो । ताल सुकेपछि शुरुमा स्थानीय आमा समूहले रु ४० हजार खर्चेर मैदान सम्याउने काम गरेको थियो । 

मैदानको स्तर सुधार भएसँगै बागलुङमा हालै भएको ‘मेयरकप फुटबल’ प्रतियोगिताको एउटा खेल सोही मैदानमा खेलाइएको थियो । त्यति ठूलो प्रतियोगिताको खेल पहिलो पटक त्यहाँ सञ्चालन गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । उहाँले बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा ठूलाताल खैल मैदान विकास भएको उल्लेख गर्नुभयो । 

“खेलकूदको विकासका लागि नगरपालिकाले राम्रो कदम उठाएको छ,” उहाँले भन्नुभयो, “प्रतियोगितासँगै खेल पूर्वाधारको क्षेत्रमा पनि आशालाग्दो काम भइरहेको छ ।” नगरपालिकाले पहिलो पटक ग्रामीण भेगमा रहेको खेल मैदानलाई ठूलो बजेट विनियोजन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । समयमै मैदानको स्तरवृद्धि भएका कारण मेयरकप फुटबलको खेल ठूलाताल खेल मैदानमा राख्न सम्भव भएको उहाँको भनाइ छ । 

“प्रतियोगिता सञ्चालनले राम्रो सन्देश गएको छ, पर्यटकीय गाउँमा भएको भएर पनि उक्त खेल मैदानको महत्व छ,” प्रमुख पौडेलले भन्नुभयो, “थप योजना बनाएर मैदानलाई पूर्वाधारयुक्त बनाउँछौं ।” मैदानलाई सदरमुकामसँग जोड्ने बाटोको पनि स्तरवृद्धि भएपछि अहिले सवारी आवतजावत पनि सहज बनेको छ । व्यावसायिक खेलको प्रवद्र्धन र खेलाडी उत्पादनका लागि खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड