२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

फुटबल मैदानमा परिणत बन्यो ठुलाताल

२०७४, १५ फाल्गुन मंगलवार ११:२२

फागुन १५, बागलुङ | बागलुङ नगरपालिका–१० भकुण्डेस्थित ठूलाताल अहिले सुकेर फुटबल मैदानमा परिणत भएको छ । 

मैदानलाई हालै स्तरोन्नति गरी फुटबल खेलका लागि न्यूनतम मापदण्डमा पुर्याइएको छ । यो वर्ष बागलुङ नगरपालिकाले छुट्याएको रु १० लाखको बजेटबाट मैदान चौडा गर्ने, सतह मिलाउनेलगायतका काम सम्पन्न गरिएको छ । फुटबल मैदानलाई जोड्ने मोटरबाटो पनि विस्तार गरिएको वडाध्यक्ष प्रेमबहादुर थापाले बताउनुभयो । 

मैदानलाई फुटबलको अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन अझै पूर्वाधार निर्माणको काम बाँकी रहेको उहाँको भनाइ छ । पर्यटकीय गाउँमा रहेको फुटबल मैदानले खेल पर्यटनलाई पनि बढावा दिने विश्वास लिइएको छ । “पहिले यहाँ ठूलो ताल थियो, अहिले यो खेल मैदानमा परिणत भयो,” वडाध्यक्ष थापाले भन्नुभयो । ताल सुकेपछि शुरुमा स्थानीय आमा समूहले रु ४० हजार खर्चेर मैदान सम्याउने काम गरेको थियो । 

मैदानको स्तर सुधार भएसँगै बागलुङमा हालै भएको ‘मेयरकप फुटबल’ प्रतियोगिताको एउटा खेल सोही मैदानमा खेलाइएको थियो । त्यति ठूलो प्रतियोगिताको खेल पहिलो पटक त्यहाँ सञ्चालन गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । उहाँले बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा ठूलाताल खैल मैदान विकास भएको उल्लेख गर्नुभयो । 

“खेलकूदको विकासका लागि नगरपालिकाले राम्रो कदम उठाएको छ,” उहाँले भन्नुभयो, “प्रतियोगितासँगै खेल पूर्वाधारको क्षेत्रमा पनि आशालाग्दो काम भइरहेको छ ।” नगरपालिकाले पहिलो पटक ग्रामीण भेगमा रहेको खेल मैदानलाई ठूलो बजेट विनियोजन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । समयमै मैदानको स्तरवृद्धि भएका कारण मेयरकप फुटबलको खेल ठूलाताल खेल मैदानमा राख्न सम्भव भएको उहाँको भनाइ छ । 

“प्रतियोगिता सञ्चालनले राम्रो सन्देश गएको छ, पर्यटकीय गाउँमा भएको भएर पनि उक्त खेल मैदानको महत्व छ,” प्रमुख पौडेलले भन्नुभयो, “थप योजना बनाएर मैदानलाई पूर्वाधारयुक्त बनाउँछौं ।” मैदानलाई सदरमुकामसँग जोड्ने बाटोको पनि स्तरवृद्धि भएपछि अहिले सवारी आवतजावत पनि सहज बनेको छ । व्यावसायिक खेलको प्रवद्र्धन र खेलाडी उत्पादनका लागि खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै