Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

तामाकोशी गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच बढ्दै

२०७४, १६ फाल्गुन बुधबार ०३:५७

ताराबहादुर महत । फागुन १६, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच बढ्दै गएको पाईएको छ । 


गाउँपालिकाको वडा नम्बर ४ मालुमा ग्रामिण स्वास्थ्य सेवा केन्द्र संचालनमा आएपछि नागरिकहरु स्वास्थ्य सेवाबाट लाभान्वित हुन थालेका हुन । स्वास्थ्य केन्द्र संचालनमा आएपछि विभिन्न स्वास्थ्य समस्या भएका दैनिक १० देखि २० जना विरामी उपचारका लागि आउने गरेको केन्द्र संचालक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

गाउँपालिकाका सबै वडामा स्वास्थ्य चौकीहरु भएपनि निश्चित समय मात्र सेवा दिने हुँदा कतिपय सामान्य स्वास्थ्य समस्या भएका विरामीहरु दिनहुँ लगाएर सदरमुकाम चरिकोट पुग्नुपर्ने बाध्यता रहेको थियो । स्वास्थ्य सेवा केन्द्रले विरामी चेकजाँच, एक्स–रे, प्रयोगशाला, इसिजी, सामान्य चिरफार, गर्भवति परिक्षण र फार्मेसी सेवा दिने गरेको संचालक पोखरेलको भनाई छ । उहाँका अनुसार गाउँपालिका बासीको हितलाई दृष्टिगत गर्दै पाक्षिक रुपमा जिल्लाका ठुला अस्पतालमा कार्यरत चिकित्सक मार्फत विशेषज्ञ सेवा र त्रैमासिक रुपमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको छ । संचालक पोखरेल प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट र न्याय हेल्थ नेपालद्वारा संचालित प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला शाखामा कार्यरत कर्मचारी हुन ।

भौगोलिक अवस्था अनुसार यस केन्द्रबाट तामाकोशी गाउँपालिकाका सबै र मेलुङ्ग गाउँपालिकाका केहि वडाका बासिन्दाले स्वास्थ्य सेवा लिन सक्ने देखिन्छ । केन्द्रमा एकजना बरिष्ठ स्वास्थ्य सहायक, एकजना प्रयोगशाला सहायक र एकजना अनमी कार्यरत छन ।

गत फागुन ९ गतेबाट औपचारिक रुपमा संचालनमा आएको स्वास्थ्य सेवा केन्द्रको नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्णप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटनका क्रममा सभापति पोखरेलले तामाकोशी गाउँपालिकाका रेडक्रस उपशाखाहरुलाई सक्रिय बनाएर एम्बुलेन्स सेवा संचालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै