२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसाको बार्गेनिङ नमिल्दा सिडिओले मजदुरलाई झुटा मुद्दा चलाएपछि…

२०७४, १६ फाल्गुन बुधबार १०:०७

सम्राट सिंह/फागुन १६, बझाङ | पैसाको बारगिनिङ नमिलेपछि झुटा आरोप लगाएर एकजना यातायात व्यवसायीलाई सार्वजनिक अपराधको मुद्धा लगाएको भन्दै सिडिओ विरुद्ध बझाङका यातायात व्यवसायीहरु आन्दोलित भएका छन । 


बझाङका सिडिओ धर्मानन्द जोशीले बिना कारण जिल्लाको बसपार्कमा वर्कसप संञ्चालन गर्दै आएका राजमल जाग्रीलाई गाली गलौच गरेको भन्दै हिजो सार्वजनिक अपराधको मुद्दा  चलाएपछि यातायात व्यवसायी आन्दोलित भएका हुन । 

उनिहरुले बुधबार जिल्ला प्रशासन कार्यालयको मुल गेटमा सिडिओ जोशीलाई कारवाहीको माग गर्दै नाराबाजी गरेका छन ।

सिडिओ जोशीले राजु अटो वर्कसपको नाममा फर्जी भ्याटबिल बनाई खरिद नै नभएको सामानको बिल राखी मिति २०७४ मंसिर २ गते वर्कसवको नाममा  ६९ हजार ४ सय ७४ रुपियाँको चेक जम्मा गरेको र पछि सिडिओले पटक पटक पैसा फिर्ता गर्न दवाव दिदा पनि जाग्रीले पैसा नदिदा गालिगलौचको निहुँमा मुद्घा दर्ता गरेको उनका आफन्तले जनाएका छन । 

केहि महिना अगाडि सम्पन्न भएको निर्वाचनमा सिडिओ मदिरामा मस्त मतपेटिका अलपत्र भन्ने समाचार विभिन्न संञ्चारमाध्यममा प्रकाशित,प्रसारण भएलगत्तै फेरी सिडिओबाटै पैसाको बारगिनिङ नमिलेपछि मजदुरलाई मुद्घा लगाएको कुरा चर्चामा आएको छ । 

तत्काल मुद्धा फिर्ता लिएर पक्राउ परेका व्यक्तीलाई रिहा गर्नु पर्ने माग राख्दै  उनिहरुले ६ घण्टा सवारी साधन संचालन नगर्ने निर्णय गरेका छन । सवारी साधन नचले पछि आवतजावतमा समस्या भएको छ । 

प्रमुख जिल्ला अधिकारी जोशीले गाडी मर्मत गरेको र पाटपुर्जा फेरेको भनेर राजु अटो वर्कसप एण्ड ड्राइभिङ सेन्टरबाट नक्कली भ्याट विल बनाएको र सोही विलको रकम जिल्ला प्रशासन कार्यालयले वर्कशपको खातामा जम्मा गरी पछि फिर्ता मागेको व्यवसायीको आरोप छ । संचालक राजु जाग्री विलमा उल्लेख भएको भ्याट रकम कटाएर बांकी फिर्ता दिन मञ्जुर भए पनि सिडियोले पुरै रकम फिर्ता मागेको र जाग्रीले दिन नमाने पछि उनि विरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाइएको सार्वजनिक यातायातका अध्यक्ष नरेन्द्र खडकाले बताए ।  


उता सिडिओ धर्मानन्द जोशीले भने ३ महिना अगाडि मदिरा सेवन गरेर चैनपुर बजारमा होहल्ला गरिहेका जाग्रीका एक जना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको र ति व्यक्तीलाई छोडिदिन आग्रह गर्ने क्रममा जाग्रीले आफुलाई गाली गलौज गरेकोले सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको बताए । पैसाको बारगिनिङ नभएर आफुलाई गालि गलौच गरेकाले नै मुद्घा दर्ता गरेको उनको भनाइ छ । 

यस्तो छ विल प्रकरण 

जिल्ला प्रशाशन कार्यालय बझाङले गत मंसिर ३ गतेको मितिमा राजु अटो वर्कसप एण्ड ड्राइभिङ सेन्टरबाट गाडीको लागी आवश्यक पर्ने लिनेर, पिस्टोन, हेड ग्यासकेट किट, हेडवाल लगायतका पाटपुर्जा फेरेको, इन्जिन बोरिङ तथा पम्प मर्मत गरेको भनेर ७० हजार ४ सय २४ रुपैयाको विल लिएको देखिएको छ । तर जिल्ला प्रशाशन कार्यालयले सोही मंसिर २ गते नै वर्कशपको नाममा रहेको खाता नं ४११०००५७९४०१ मा ६९ हजार ४ सय ७४ रुपैयाको भुक्तानी चेकमार्फत दिएको छ । सो विलमा १.५ प्रतिशत अग्रिम करकट्टी गरी बांकी रकम भुक्तानी गरिएको जिल्ला प्रशासन श्रोतले बताएको छ । 


वर्कशप संचालक राजु जाग्रीले जिल्ला प्रशाशन कार्यालयले आफु चुनाव प्रचारमा गएको बेलामा वर्कशपमा रहेकी आफ्नो श्रीमतीबाट भ्याट विल मागेर लगेको र आफ्नो वर्कशपमा हुदै नभएका सामानहरु किनेको भनेर विलमा उल्लेख गरे पछि आफुले रकम फिर्ता दिन इन्कार गरेको बताए । 

‘मैले भोली कर कार्यालयमा खरिद विल पेश गर्नु पर्छ । तपाईले मैले खरिद नै नगरेको सामानको विल बनाउनु भएछ । मलाई खरिद विल ल्याइदिनु अनि मात्र भुक्तानी दिन्छु भनेर भनेको थिए’ जाग्रीले भने ‘सिडियोले आफैले फोन गरेर र पटक पटक मान्छे पठाएर सबै पैसा फिर्ता गर नभए पुलिस लगाएर थुन्दिन्छु भनेर धम्की दिनु हुन्थ्यो । मैले मानिन त्यहीभएर मलाइ मुद्धा लगाएका हुन ।’ उनले आफुले सिडियोलाई कुनै गालिगलौज नगरेको बताउदै नक्कली विलको पैसा फिर्ता नदिएकोले आफु विरुद्ध सार्वजनिक अपराधको मुद्धा लगाएको बताए । भ्याट विल पछिल्लो दिनको मितिमा काटिनु र रकम अघिल्लो दिन नै रकम भुक्तानी हुनुले कारोबारमा जिल्ला प्रशाशन कार्यालयले जालीकाम गरेको प्रमाणित हुने उनको तर्क छ । 

 सिडिओ जोशीले भने विलको विषयमा आफु माथी लगाइएको आरोप पुर्ण रुपमा निराधार भएको बताए । उनले राजुको वर्कशपमा जिल्ला प्रशासन कार्यालयको गाडी मर्मत गरिएको र सोको विल समेत भुक्तानी भैसकेकोले यो विषयलाई उचालेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला