सुस्ताबाट ६ वटा ट्याक्टर पक्राउ, यस्तो छ कारण

Posted on: 28 Feb, 2018

श्याम थापा/फाल्गुन १६, सुस्ता | नारायणी नदिबाट अवैध रूपमा नदिजन्य पदार्थ चोरी गरिरहेको बेला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताले ६ वटा ट्याक्टर पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सुस्ताको सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा गएको १३ जनाको मोबाइल टोलीले सुस्ता गाउँपालिका स्थित कुडियाको रेवा टोल अगाडी नारायणी नदिबाट गिट्टी,बालुवा र ढुङ्गा चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका ट्याक्टर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पठाएको सशस्त्र प्रहरी निरीक्षक कुवरले जानकारी दिनु भएको छ। नारायणी नदिबाट हुने अबैध रूपमा नदिजन्य पर्दाथको चोरी कार्य रोक्नको लागि सशस्त्र प्रहरी बलका टिम सुस्ता गाउँपालिकामा सक्रिय भै लागिरहेको बेला नेपाल प्रहरीका टिमले स्थानीय ठेक्दारहरुसंग मिलेर नारायणी नदिमा लुट मच्चाईरहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!