२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

२०७४, १९ फाल्गुन शनिबार ०१:४५

फागुन १९, काठमाडौँ (रासस) | विसं २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा स्थानीय माइतीघर मण्डलमा शुक्रबार १०९ मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरिएको छ । 

रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष देवी घिमिरे, महासचिव देवान राई र सल्लाहकार जय छाङ्छाले विसं २००७ को क्रान्तिमा जननायक राईको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै सरकारले उहाँलाई यथाशीघ्र राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गर्नुभयो । 

विसं १९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिनुभएका राई १५ वर्षकै उमेरमा विसं १९८० मा इष्टइन्डिया कम्पनीमा भर्ना हुनुभएको थियो । नौ वर्ष सैन्यसेवामा कार्यरत उहाँ पाकिस्तानको क्वेटाबाट राजीनामा दिई स्वदेश फर्किनुभएको थियो । स्वदेश फर्किएपछि नेपाली सेनामा प्रवेश गर्नुभएका राई पछि राणा विरोधी जनक्रान्तिमा होमिनुभएको थियो । सिंहदरबार विद्रोहपछि राई रहस्यमय ढंगले बेपत्ता पारिनुभएको थियो । 

दीप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र सल्लाहकार पारुहाङ राई, राष्ट्रपति कार्यालयका अर्थविज्ञ धनहर्क राई, भोजपुरे सेवा समाज काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पा, नेकपा(एमाले) भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष रेजीन श्रेष्ठलगायतको सहभागिता रहेकोे साहित्यकार शशि लुमुम्बुले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा