Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतले महाकालीमा बनाएका काठेपुल नेपाल सरकारको अनुमति नआउँदासम्म सञ्चालन नहुने

By साझासवाल 4 मिनेट पढाइ

लोकेन्द्र प्रशाद जोशी | फागुन २१, दार्चुला । नेपाल भारत सीमा सुरक्षा समुन्वय समितिको बैठक सम्पन्न भएको छ । भारतको पिथौरागढमा सम्पन्न बैठकले केन्द्रको अनुमति लिएपछि मात्रै सिमानदी महाकालीमा अनुमति बिना बनेका काठेपुलमा आवतजावत सञ्चालन गर्ने निस्कर्ष निकालेको छ । त्यस्तै बंगाबगडको खोतिला पहिरो व्यवस्थापनबारे दुबै पक्षले प्राविधिक अध्ययन गर्ने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी  जनार्दन गौतमले बताउँनुभयो ।

बैठकमा भारतीय पक्षको तर्फबाट सीमा क्षेत्रमा आइएसको गतिविधि हुन सक्ने भन्दै यसको नियन्त्रण, नक्कली मुद्राको काराबोर तथा नेपालको क्षेत्रमा सुरक्षा गस्ती थप गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ । मानव वेचबिखन, सीमा अपराध, अवैध वन्यजन्तुको ओसार पसार तथा चोरी निकासी, लगायतका विषयवस्तु दुवै देशको साझा एजेण्डामा अधिकारीहरुबीच छलफल भएको हो ।

नेपाल भारतको समन्वय बैठकमा भारतले नेपाली पक्ष सामु यसअघि ९ वटा एजेण्डामा छलफल गरिने प्रस्ताव तयार गरेको थियो । नेपाली पक्षले भने बैठकमा ११ वटा विषय वस्तुमाथि छलफल गर्ने गरी एजेण्डा तयार गरेको थियो ।

नेपालतिर सीमा सशस्त्र प्रहरी बल सदरमुकाम खलंगामा मात्रै केन्द्रीत छ । दार्चुलाबासीले सीमा सशस्त्र प्रहरी वललाई तिंकरमा राख्न पटक पटक माग गरेपनि नेपाल सरकारले यसबारे निर्णय लिएको छैन । सीमा सशस्त्र प्रहरी तिंकरमा राखे सीमाको सुरक्षा हुने तथा अपराध नियन्त्रणमा सजिलो हुने जिल्लाबासीको बुझाई छ ।

बैठकमा दार्चुलाको तर्फबाट प्रमुख जिल्ला अधिकारी जनार्दन गौमतको नेतृत्वमा सुरक्षा निकाय प्रमुखहरु, महाकाली नदी नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख शुसिल चन्द्र देबकोटा, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय लगायतको सहभागिता रहेको थियो ।