ताराबहादुर महत । फागुन २४, दोलखा । आज अन्र्तराष्ट्रिय नारी दिवस मनाईरहेका दिन दोलखामा गाउँपालिकाकी एक उपाध्यक्ष अध्यक्षबाट अपमानित हुनु भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन २४, दोलखा । आज अन्र्तराष्ट्रिय नारी दिवस मनाईरहेका दिन दोलखामा गाउँपालिकाकी एक उपाध्यक्ष अध्यक्षबाट अपमानित हुनु भएको छ ।

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

नारी दिवसकै दिन दोलखामा गाउँपालिका अध्यक्षबाट उपाध्यक्ष अपमानित

२०७४, २४ फाल्गुन बिहीबार १२:५८

ताराबहादुर महत । फागुन २४, दोलखा । आज अन्र्तराष्ट्रिय नारी दिवस मनाईरहेका दिन दोलखामा गाउँपालिकाकी एक उपाध्यक्ष अध्यक्षबाट अपमानित हुनु भएको छ ।


गाउँ कार्यपालिकाको वैठक वसिरहेको समयमा गाउँपालिका अध्यक्षले आफूमाथि अभद्र व्यवहार गरी बैठक कक्षबाट निकालेको कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले आरोप लगाउनुभएको छ  । 

भोलि फागुन २५ गतेका लागि तय गरिएको गाउँसभा बैठकको पुर्वतयारी बैठकमा अवैधानिक रुपमा गाउँसभाको बैठक आव्हान गरिएको विषयमा कुरा उठाउँदा अध्यक्ष विनकुमार थामीले आफूलाई बैठक कक्षबाट अपमानजनक रुपमा निकालेको उपाध्यक्ष पाठकको भनाई छ । अध्यक्षको फेसबुक स्टाटसमार्फत गाउँसभाको बारेमा जानकारी पाएको पाठकले बताउनुभयो ।

गाउँसभा हुनु सात दिन अगाडि नै उपाध्यक्षसहित गाउँ कार्यपालिकाका सबै सदस्यहरुलाई पत्राचार हुनुपर्ने भए पनि ऐन विपरित अध्यक्षले एकलौटी ढंगले गाउँसभाको आयोजना गरिएको भन्दै उपाध्यक्ष पाठक लगायत केहि वडा अध्यक्ष र सदस्यहरुले गाउँपालिका अध्यक्षलाई बुधबार ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यसैविच गाउँपालिकाको केन्द्र परिवर्तनका लागि कार्यपालिकाका दुई तिहाई सदस्यको सहमतिमा गाउँसभामा सिफारिस गर्न सक्ने कानुनी व्यवस्था भएपनि सामान्य बहुमतले निर्णय गरेर कानुन उल्लंघन गरेको पाठकले बताउनुभएको छ । हाल गाउँपालिकाको वडा नम्बर ७ सुनखानीमा केन्द्रको कार्यसम्पादन भईरहेको भएपनि गत फागुन ५ गते कार्यपालिकाको बैठक बसेर सामान्य बहुमतले वडा नम्बर ५ लापिलाङ्गमा केन्द्र तोकेको पाठकले जानकारी दिनुभयो ।

यस विषयमा अध्यक्ष थामीसँग फोनमा कुराकानी गर्न खोज्दा बैठकमा व्यस्त भएको भन्दै पछि कुराकानी गर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै