२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा भव्य रुपमा मनाईयो अन्तराष्ट्रिय नारी दिवस

२०७४, २४ फाल्गुन बिहीबार १६:१५

नरी बडु | फागुन २४, बैतडी । बैतडीमा पनि १०८ औँ अन्र्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको छ ।  

बैतडीको जिल्ला सदरमुकाम दशरथचन्द नगरपालिका, साडा नेपाल अन्तरगत संचालन गरिएका एमआइडी  परियोजना, पहल कार्यक्रम ,सुआहारा, स्वदेश, महिला उत्थान केन्द्र, संजीवनी नेपाल र महिलाका क्षेत्रमा क्रियासिल रहेका विभिन्न समुह तथा सरोकारवालाहरुको साझेदारीमा देउडा प्रतियोगिता र विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रमको साथमा अन्तराष्ट्रिय महिला दिवस मनाईएको हो । प्रमुख जिल्ला अधिकारी, पुर्व जिविस सभापती र विभिन्न विशिष्ट व्यक्तिहरुको संलग्नतामा सदरमुकाममा भव्य कार्यक्रमको आयोजना गरिउको थियो । कार्यक्रममा सहभागि वक्ताहरुले महिला अधिकार कानूनमा मात्रै नभई व्यवहारमा समेत लागु हुनुपर्नेमा जोड दिएका छन् ।  


यसै क्रममा सामाजिक चेतना तथा विकास संघ (साडा), बैतडी ले जिल्लामा आफुले काम गरिरहेका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था, परियोजना र स्थानीय तहहरु संगको सहकार्यमा विभिन्न कार्यक्रमका साथ दिवस सम्पन्न गरेको छ । साडा नेपालले जिल्लाका मेलौली नगरपालिका शिवनाथ गाउँपालिकाहरुमा सम्वन्धित स्थानीय तह र त्यस क्षेत्रमा क्रियाशिल संस्था र परियोजनाले खास गरी साडा नेपाल द्वारा संचालित पहल कार्यक्रम, द्वारिका देवी ठगुरानी स्मृति प्रतिष्ठान र ग्रामिण जलश्रोत व्यवस्थाापन परियोजना संगको सहकार्यमा विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम र महिला समुहहरु वीच डेउडा प्रतियोगिता गराई महिला दिवस मनाईको साडा नेपालका कार्यक्रम संयोजक हर्कबहादुर ऐरले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा