२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेशको औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन

२४ फाल्गुन २०७४, बिहीबार १६:१९

फागुन २४, सुर्खेत | हरेक प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको रणनीति अनुसार कर्णाली प्रदेशको औद्योगिक क्षेत्रका लागि सम्भाव्यता थालिएको छ।कर्णाली प्रदेशस्तरीय औद्योगिक क्षेत्रका लागि सुर्खेतमा औद्योगिक क्षेत्र स्थापनाबारे सम्भाव्यता अध्ययन सुरु गरिएको हो।

प्रदेशस्तरीय औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययनका सुर्खेत आइपुगेको प्राविधिक सहितको टोलीले लेकवेशी नगरपालिकाको साटाखानीमा स्थलगत अवलोकन गरेको छ।औद्योगिक क्षेत्रका लागि यसअघि नै स्थानीय रानीचौतारी र खाँडदेवी सामुदायिक वनले जग्गा दिने निर्णय गरिसकेका छन्। सामुदायिक वनको सोही जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम थालिएको हो।

प्राविधिक टोलीले उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त छ वा छैन भन्ने विषयमा अध्ययन गर्नेछ। सम्भाव्यता अध्ययनको प्रतिवेदनपछि मात्र यसको डीपीआरको प्रक्रिया थालिनेछ।सामुदायिक वनहरूले औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने एक हजार विगाह जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए। औद्योगिक क्षेत्रका लागि पश्चिममा झुप्रा खोला, उत्तरमा भेडावारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको छ।

यही क्षेत्रमा प्राविधिक टोलीले जग्गाको नाप नक्सा, भौगोलिक संकेत, वातावरणीय क्षेती र भौगर्भिक अध्ययन पनि गर्ने भएको हो। सम्भाव्यता अध्ययनका लागि ग्रिन राजदेवी कन्सटलटेन्सी काठमाण्डौले जिम्मा पाएको छ । यही कम्पनीले स्थलगत अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य