२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

२०७४, २७ फाल्गुन आईतवार ०९:०२

फागुन २७, उदयपुर | प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताउनुभएको छ । 

उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु हाम्रो परम कर्तव्य रहेको बताउँदै भन्नुभयो, “राष्ट्रहित विपरीत हुन सक्ने आन्तरिक तथा बाह्य चुनौतीको सिलसिलामा नेपालको संविधानबमोजिम सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न नेपाली सेनाले कुनै कसर बाँकी राख्ने छैन ।” 

पुर्खाले आर्जेको सुनौलो तथा गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सधैँ कटिबद्ध छौँ भन्दै परिवर्तित राज्य व्यवस्थालाई आत्मसात् गर्दै प्राप्त जिम्मेवारी वहन गर्ने क्रममा भूपू सैनिकले दिएको योगदानले नेपाली सेनाको विशिष्ट पहिचान स्थापित भएको बताउनुभयो । 

खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरका भूपूहरु सहभागिता रहेको यो सम्मेलनमा भूपूमध्ये ९१ वर्षीय रत्नबहादुर कटुवाललाई प्रधानसेनापति क्षत्रीले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो । एक हजार ३२० भूपू सैनिकको उपस्थिति रहेको सम्मेलनमा एक हजार ३८ भूपू सैनिकको स्वास्थ्य परीक्षण गरिएको थियो । सम्मेलनका क्रममा अशक्तलाई ह्विल चेयर वितरण गर्नाका साथै लघुवित्त कार्यक्रम सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको थियो । 

समारोहमा बलाध्यक्षरथी हेमन्त मल्ल, अवकाशप्राप्त रथी फत्तेबहादुर लिम्बू, सैनिक कल्याणकारी कोषका कार्यकारी अधिकृत पद्मविलास कार्कीलगायतले जीवनको महत्वपूर्ण क्षण मुलुकको हितका खातिर खर्चेका भूपू सैनिकका जीवनस्तर उकास्नका लागि कोषबाट भइरहेका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । सम्मेलनका क्रममा पूर्व पृतना मातहतका गणबाट ओखलढुंगा, खोटाङ, उदयपुर र सोलुखुम्बुको विविध सांस्कृतिक वेशभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै