४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

२७ फाल्गुन २०७४, आईतवार ०९:०२

फागुन २७, उदयपुर | प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताउनुभएको छ । 

उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु हाम्रो परम कर्तव्य रहेको बताउँदै भन्नुभयो, “राष्ट्रहित विपरीत हुन सक्ने आन्तरिक तथा बाह्य चुनौतीको सिलसिलामा नेपालको संविधानबमोजिम सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न नेपाली सेनाले कुनै कसर बाँकी राख्ने छैन ।” 

पुर्खाले आर्जेको सुनौलो तथा गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सधैँ कटिबद्ध छौँ भन्दै परिवर्तित राज्य व्यवस्थालाई आत्मसात् गर्दै प्राप्त जिम्मेवारी वहन गर्ने क्रममा भूपू सैनिकले दिएको योगदानले नेपाली सेनाको विशिष्ट पहिचान स्थापित भएको बताउनुभयो । 

खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरका भूपूहरु सहभागिता रहेको यो सम्मेलनमा भूपूमध्ये ९१ वर्षीय रत्नबहादुर कटुवाललाई प्रधानसेनापति क्षत्रीले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो । एक हजार ३२० भूपू सैनिकको उपस्थिति रहेको सम्मेलनमा एक हजार ३८ भूपू सैनिकको स्वास्थ्य परीक्षण गरिएको थियो । सम्मेलनका क्रममा अशक्तलाई ह्विल चेयर वितरण गर्नाका साथै लघुवित्त कार्यक्रम सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको थियो । 

समारोहमा बलाध्यक्षरथी हेमन्त मल्ल, अवकाशप्राप्त रथी फत्तेबहादुर लिम्बू, सैनिक कल्याणकारी कोषका कार्यकारी अधिकृत पद्मविलास कार्कीलगायतले जीवनको महत्वपूर्ण क्षण मुलुकको हितका खातिर खर्चेका भूपू सैनिकका जीवनस्तर उकास्नका लागि कोषबाट भइरहेका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । सम्मेलनका क्रममा पूर्व पृतना मातहतका गणबाट ओखलढुंगा, खोटाङ, उदयपुर र सोलुखुम्बुको विविध सांस्कृतिक वेशभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ