२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सैनिक शिविरमा १ हजारको स्वास्थ्य परीक्षण र उपचार

२८ फाल्गुन २०७४, सोमबार ०६:३८

फागुन २८, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । 

फागुन २५ गतेदेखि भुल्केस्थित नेपाली सेनाको क्याम्पमा २७ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा विभिन्न रोग हाडजोर्नी, आँखा, ग्यास्ट्रिक, प्रेसर, मानसिक रोग, पिसाब पोल्ने भुँडी दुख्ने पायल्सलगायतका रोगसँग आबद्ध रोगीको स्वास्थ्य परीक्षणसहित उपचार गरिएको १८ नम्बर बाहिनी नेपाली सेना भुल्केले बताएको छ । 

उपचारका क्रममा नेपाली सेना शेर दल गण खोटाङ, अमर दल गुल्म सोलुखुम्बु, शमशेर दल गण ओखलढुंगा तथा सार्दुल गण उदयपुर गाईघाटलगायत आबद्ध भूपू तथा बहालवाला सेना र तिनका परिवार तथा आफन्तको उपचार गरिएको १८ नम्बर बाहिनी भुल्केका क्याप्टेन तथा उपचारमा संलग्न डा प्रह्लाद मेहताले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य