२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ: खानेपानी लिन घण्टौँसम्म पालो पर्खन बाध्य छन् खुङ्खानीका बासिन्दा

२०७४, १ चैत्र बिहीबार ०८:२३

चैत १, बागलुङ | तमानखोला गाउँपालिका–५ खुङ्खानीका बासिन्दा वर्षौंदखि खानेपानीको समस्या भोग्न बाध्य छन् । 

फागुनदेखि जेठसम्मको सुख्खा याममा सिङ्गो टोल एउटा धारामै भर पर्दै आएका छन् । खानेपानी लिन घण्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता रहेको स्थानीय टीका परियारले बताउनुभयो । “हिउँदमा गाउँका अधिकांश धारा सुक्छन्” उहाँले भन्नुभयो, “एक÷दुईवटा धारा चल्ने हुँदा खानेपानीको जोहो गर्नै गाह्रो छ ।” 

तीन सय घरधुरी रहेको खुङ्खानीमा एकमात्र मुनाखोला खानेपानी आयोजना चालु छ । हिउँदमा आयोजनाको मुहान सुक्ने हुँदा गाउँमा खानेपानीको अभाव हँुदै आएको हो । वर्षायाममा भने खानेपानीको समस्या हट्ने वडा सदस्यसमेत रहनुभएकी परियारको भनाइ छ । स्थानीय मायाकुमारी पुनले भन्नुभयो “बिहानै धारामा लाम लाग्छ, बेलामा पालो नपाउँदा गृहिणीले खानेपानी समस्याबाट बढी दुःख झेल्नुपरेको छ ।” 

कतिपयले आफू नभए पनि धारामा गाग्रीको पालो लाउने गरेका छन् । एक घर, एक धारा हुनुपर्नेमा खुङ्खानीवासीको अवस्था भने ठीक उल्टो छ । वडाध्यक्ष हीराबहादुर विकले नयाँ आयोजना नबनेसम्म समस्या रहिरहने बताउनुभयो । उहाँका अनुसार आयोजना बनाउन मुहानको खाँचो भने छैन । हिउँदमा पनि नियमित चल्ने मुहानबाट नयाँ आयोजना बनाउन सकिने छ । 

यसअघि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले कुनाखोरे मुहानबाट आयोजनाको सर्भेक्षण गरे पनि काम अघि बढ्न सकेको छैन । आयोजना बनाउने कुरा आश्वासनमा सीमित भएको वडाध्यक्ष विकको भनाइ छ । स्थानीय सरकारका रुपमा गाउँपालिका बनेपछि खानेपानी समस्याबाट मुक्ति पाउने आशामा गाउँले छन् । 

गाउँपालिकाले यो वर्ष खानेपानी आयोजना मर्मतका लागि थोरै बजेटमात्र छुट्याएको छ । आउँदो वर्ष नयाँ आयोजना निर्माणका लागि बजेट व्यवस्था गर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । 

“प्राविधिक अध्ययनको काम शुरु भएको छ, आगामी वर्ष नयाँ आयोजना बन्छ”, अध्यक्ष बुढाले भन्नुभयो । खुङ्खानी मात्र नभएर गाउँपालिकाका अन्य वडामा पनि खानेपानीको समस्या रहेको उहाँको भनाइ छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान पनि खानेपानीको समस्याबाट गुज्रिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा