कार्यक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 कार्यक्र"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चैतेदशै विशेष सांस्कृतीक कार्यक्रममा निःशुल्क स्वास्थ्य चेकजाँच हुने

२०७४, ५ चैत्र सोमबार १०:४९

चैत्र ५, सल्यान । सल्यानको कपुरकोटमा मंगलबार र बुधबार हुन लागेको चैतेदशै विशेष सांस्कृतीक कार्यक्रममा निःशुल्क स्वास्थ्य चेकजाँच हुने भएको छ ।


 कार्यक्रम हेर्न आएका दर्शकहरुको चिनारि हस्पीटल, तुलसिपुर दाङले स्वास्थ्य चेकजाँच गर्ने भएको हो । 

मेडिकल अफिसर डा शरद खनाल सहितको चिकित्सकको टोलिले कपुरकोटमा हुन लागेको सांस्कृतीक कार्यक्रममा सबै प्रकारको स्वास्थ्य समस्याको चेकजाँच गर्ने सहमती आयोजक सुनौलो विहानी युवाक्लव संग भएको चिनारि हस्पिटल प्रालिका संचालक जागेश्वर ओलिले जानकारि दिएका छन् ।

यसैविच सांस्कृतीक कार्यक्रमको सबै तयारि पुरा भइसकेको क्लवले जनाएको छ ।

लोक कला संस्कृतीको संरक्षण र सल्यानमा पर्यटकहरु भित्राउने उद्देश्यले दुइ दिन गर्न लागीएको सांस्कृतीक कार्यक्रममा मंगलबार कलाकारहरु रोशन सिंह, सृजु अधिकारि, यज्ञ विक, झुमा डागी लगाएतका कलाकारहरुले प्रस्तुती राख्ने कार्यक्रम संयोजक पुरुषोत्तम परियारले जानकारि दिएका छन् । बुधबारको कार्यक्रममा चन्द्र शर्मा, टंक तिमिल्सीना, सम्झना लामिछाने मगर, करिष्मा मगर लगाएतका कालाकारहरुको प्रस्तुती रहने छ ।

विशेष गरि गर्मीयाममा प्राकृतिक ‘एसी’ पाइने कपुरकोट क्षेत्र ढकमक्क लालीगुराँश फुल्दा र जंगलभरि काला काफल लटरम्म गरेर पाक्दा निकै सुन्दर देखिने गर्दछ । यहि रमणिय ठाउँमा आयोजना हुने सांस्कृतीक कार्यक्रम हेर्न र गर्मि छल्न सल्यान जिल्लाको अलावा दाङ, बाँके, बर्दियाबाट पनि मानिसहरु आउने गर्दछन् । चिसो पानी पिउँदै दुइ दिन सम्म चल्ने चैतेदशै विशेष सांस्कृतीक कार्यक्रममा रमाउनका लागी आउन सुनौलो विहानी युवा क्लवका अध्यक्ष चुडामणि पिएमले सबैलाइ आग्रह गरेका छन् । कार्यक्रमको उद्घाटन मंगलबार विहान ११:३० बजे कृषि उपज बजार केन्द्र कपुरकोटको प्रांगणमा हुने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै