४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रौतहटमा चिताबाटै एक महिलाको शव बरामद, यस्तो छ कारण

६ चैत्र २०७४, मंगलवार ०६:४९

चैत ६, रौतहट | प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । 

श्रीमानको कुटाइबाट मृत्यु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुमारी देवीबीच घरायसी विवादमा गए राति झगडा भएको थियो । 

झगडाका क्रममा अभियुक्तको कुटाइबाट मृत्यु भएकी राजकुमारीलाई आज बिहान मृतकका दुईभाइ र अभियुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए । 

सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । 

मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुरेश साह पक्राउ परेका छन् । घटनापछि फरार अभियुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । 

स्काभेटरमा आगजनी 

बाटो निर्माणमा खटिरहेको सडक डिभिजन कार्यालय रौतहटको स्काभेटरमा गए राति आगजनी गरिएको छ । आगजनीबाट स्काभेटरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ । झाँझपुल कटहरिया सडकखण्ड छेउमा गरुडादेखि कटहरियासम्म सीधा जोड्न खनिएको नयाँ मार्गमा राखिएको स्काभेटर महमदपुर लक्ष्मीपुरका बीचमा गए राति अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिनुुभयो । 

आगो स्थानीयवासी र प्रहरीले दमकलको सहयोगमा नियन्त्रणमा लिएका थिए । आगलागीमा संलग्न रहेको आशंकामा गरुडा नगरपालिका, लक्ष्मीपुरका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ