२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान शुरु हुने

६ चैत्र २०७४, मंगलवार ०८:१३

चैत ६, बागलुङ | यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ । 

यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौँ–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ । 

नेपाल नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति भएको छ । हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । ‘परीक्षण उडान सफल भएको छ, अब नियमित उडान शुरु हुन्छ’ प्रमुख पौडेलले भन्नुभयो, “धवलागिरिवासीको सपना पूरा भएको छ ।” 

प्राधिकरणको प्राविधिक टोलीले धावनमार्गको सतह मिलाउन र विमानस्थल वरपरका थप केही रुख काट्न सुझाव दिएको उहाँको भनाइ छ । परीक्षण उडानमा प्राधिकरणका निर्देशक भोलाप्रसाद गुरागाइँलगायत प्राधिकरण र एयरलाइन्स कम्पनीका पदाधिकारी, इञ्जिनियर र प्राविधिक सवार थिए । पोखराबाट उडेको १० मिनेटपछि विमान बिहान ११.१५ बजे बलेवा विमानस्थलमा अवतरण गरेको थियो । 

प्राविधिक हिसाबले विमानस्थल चलाउन कुनै समस्या नरहेको तारा एयरलाइन्सका वरिष्ठ प्रबन्धक सन्त प्रजापतिले बताउनुभयो । विगतमा भएको सहमति अनुसार विमान कम्पनीले नियमित उडान शुरु गर्ने उहाँको भनाइ छ । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने सहमतिमा उल्लेख छ । 

यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताउनुभयो । 

बागलुङ–काठमाडौँंको भाडादर निश्चित भइनसकेको तर रु ६ हजारको आसपास हुनसक्ने जनाइएको छ । करिब ३५ मिनेटको उडानपछि यात्रु बलेवाबाट काठमाडौँं पुग्नेछन् । 

विसं २०४८ मा बन्द भएको विमानस्थल पछिल्लो समय गौचरनमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । मर्मत, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ । विमानस्थल चलाउन प्राधिकरणले विभिन्न चरणमा प्राविधिक अध्ययन गरेको थियो । विमानस्थल संरक्षण र मर्मतको लागि अघिल्ला वर्षमा पनि सरकारले बजेट दिँदै आएको थियो । 

बागलुङ नगरपालिकाले यात्रुको सुनिश्चित गर्ने भएपछि विमानस्थल सञ्चालनले गति लिएको हो । विमानस्थल पुग्न बागलुङ सदरमुकामदेखि ८ किमि कच्ची सडक पार गर्नुपर्ने अवस्था छ । उक्त सडकको स्तरोवृद्धि र कालोपत्रेका लागि तत्काल पहल अगाडि बढाइने नगरपालिकाले जनाएको छ । विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटक÷पटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड