२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको प्रमुख पर्यटकीयस्थलको विकासका लागी माग

६ चैत्र २०७४, मंगलवार ०९:१३

चैत ६, इलाम | इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको पर्यटन विकासका लागि स्थानीयवासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग राख्दै सोमबार ज्ञापनपत्र पेश गरेका छन् । 

सन्दकपुर गाउँपालिका–२ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा वार्षिक एक लाख पर्यटक आउने गरे पनि पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्रको विकास नहुने भन्दै स्थानीयवासीले खनाललाई ज्ञापनपत्र बुझाएका हुन् । 

खनाललाई सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधिले सन्दकपुर पर्यटकीय क्षेत्रमा बाह्रै महिना गाडी गुड्ने सडक, खानेपानी, विद्युत् र सीमा सुरक्षा बलको कार्यालय स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको गाउँपालिका अध्यक्ष उदय राईले बताउनुभयो । 

नेपाल–भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जडीबुटी र हिमशृङ्खलाको दृश्यावलोकनका लागि सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् । 

ज्ञापनपत्र बुझ्दै पूर्वप्रम खनालले पर्यटकीय क्षेत्रको विकासका लागि आफूले स्थानीय तहदेखि केन्द्रीय तहसम्म पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । 

किसानलाई निःशुल्क बीउ वितरण 

फाकफोकथुम गाउँपालिकाको कार्यालयले यहाँका कृषकलाई निःशुल्क बीउ वितरण गरेको छ । 

गाउँपालिकाले कृषकलाई उन्नत जातको मकै, तरकारीको बीउ वितरण गरेको हो । यहाँका सात वटै वडामा कार्यालयले ७५ प्रतिशत अनुदानमा प्लाष्टिक घर निर्माण, स्पेयर मेशिन, स्प्रिङ्कल वितरण गरेको गाउँपालिका कृषि शाखाका प्रमुख कुशेश्वर यादवले बताउनुभयो । 

कार्यालयले १० क्विन्टल मकै, ४०० पोका तरकारीको बीउ, ५०० प्याकेट च्याउको बीउ वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बीउ निःशुल्क पाएपछि यहाँका कृषक खुशी भएका छन् । बीउ पाएपछि किसान खेती लगाउन व्यस्त भएका छन् । 

कार्यालयले विभिन्न सहकारी तथा कृषक समूहमार्फत किसानलाई बीउ उपलब्ध गराएको हो । गतवर्ष जिल्लाबाट कृषि सेवा केन्द्रमार्फत थोरै–थोरैमात्र बीउ पाउने गरे तापनि यसपालि भने सोझै गाउँबाट विभिन्न प्रकारका बीउबिजन पाएपछि कृषक हर्षित भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु