५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहमा भ्रष्टाचार: महावै र नरहरीनाथका कागजात अख्तियारको नियन्त्रणमा

६ चैत्र २०७४, मंगलवार २०:३७

चैत ७, कालिकोट | नरहरिनाथ र महावै गाउँपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रण गरेको छ । दुवै गाउँपालिकाले विकास बजेटमा अनियमितता गरेको भन्दै अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले कागजात नियन्त्रण गरेको हो । स्थानीय तह गठन भएपछि कार्यविधि विपरित कामकाज गरेको भन्दै अख्तियारले गाउँ कार्यपालिका सबै कागजपत्र नियन्त्रण गरेको महावै गाउँपालिकाका कार्यकारी अधिकृत नन्दप्रसाद पाण्डेले बताए।

‘गाउँ कार्यपालिकाका सबै कागजपत्र अख्तियारले लगेको छ’ उनले भने, ‘अख्तियारले गाउँपालिकाले अनियमिता गरेको आशंका कागजात नियन्त्रण गरेको हो।’ त्यस्तै, नरहरिनाथ गाउँपालिकाले पनि कार्यालय व्यवस्थापनलगायतका विकास योजनाको रकम अनियमिता गरेको भन्दै सबै कागजपत्र नियन्त्रण गरेको छ। नरहरीनाथ र महावै गाउँपालिकाले खरिद गरेका सामानमा खरिद ऐन अनुसार नभएको भन्ने उजुरीका आधारमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेले गाउँपालिकाका फाइल नियन्त्रणमा लिएको हो ।

गत आर्थिक वर्षको पँुजिगत तर्फको ३२ लाखको फर्निचर र मेसिनरी औजार खरिद प्रक्रियामा अनियमितता भएको भन्ने उजुरी अख्तियारमा परेको बताइएको छ । स्थानीय तह सञ्चालन भएको १ वर्ष नपुग्दै जिल्लाका गाउँपालिकाका फाईल अख्तियारमा जानुले स्थानीय तहका जनप्रतिनिधीहरुका आगामी बाँकी अवधी अख्तियार धाउँदे बित्ने हुन कि भन्ने संकेत गरेको स्थानीयको बुझाई छ ।

महावै गाउँपालिकाका जनप्रतिनिधिहरूले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको एमाले र माओवादी केन्द्रले आरोप लगाएको छ। गाउँपालिका व्यवस्थापन खर्च, स्थानीय सडक निर्माणलगायतका विकासे योजना, सामाजिक सुरक्षा भत्तामा स्थानीय तहका जनप्रतिनिधिहरूले करोडौं भ्रष्टाचार गरेको एमाले–माओवादीको भनाइ छ। स्थानीय ऐन विपरित विभिन्न शिर्षकका खर्चमा गाउँपालिकाका पदाधिकारीले भ्रष्टाचार गरेको माओवादी केन्द्र महावै गाउँपालिका इन्चार्ज सर्पराज सिंहको आरोप छ। उनले भने, ‘जनप्रतिनिधिले मनोमानी खर्च गर्ने क्रम बढेको छ ।’

एमाले जिल्ला कमिटिका सचिव चित्र सिंहले पनि महावै गाउँपालिकामा पदाधिकारीहरूले आफुखुसी खर्च गर्ने काम तीव्र पारेको बताए । उनले भने, ‘अनुदानको बजेट जथाभावी बाँड्ने क्रम बढेको छ।’ महावै गाउँपालिकाले अवलोकन भ्रमण खर्च भनेर ४० लाख रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाले विकास अनुदानको बजेटबाट अवलोकन भ्रमण खर्च छुट्याएको हो।

गाउँ कार्यपालिकाको निर्णयले अवलोकन भ्रमण खर्च विनियोजन गरेको महावै गाउँपालिकाका लेखापाल तिर्थबहादुर सिंहले बताए। ‘४० लाख रुपैयाँ अवलोकन भ्रमण खर्च छुट्याइएको छ,’ उनले भने, ‘तर खर्च भने भएको छैन।’

वडा कार्यालयमा तालाबन्दी

नरहरीनाथ गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । कर्णाली रोजगार कार्यक्रममा कामदार छनोट गर्दा मनोमानी गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । कर्णालीका जनता पहुँच नभएका, सरकारी जागिर नभएका, द्वन्द्वपीडित, दलित तथा महिलाका लागि लागू गरिएको कार्यक्रममा वडापालिकाकाले आफुखुसी कामदार छनोट गरेको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडाअध्यक्ष नरबहादुर बोगटीले आफुले कर्णाली रोजगार कार्यक्रमका निर्देशिका अनुसार कामदार छनोटमा सहयोग गरेको बताए उनले आफुले कामदार छनोट गर्ने नभएकाले छनोट भएर आएका ८० जना कामदारको सिफारिस गरि पठाएको बताए । नरहरीनाथ गाउँपालिका गाउँकार्यपालिकाको बैठक र दोस्रो गाउँसभा सकेर आफु वडा कार्यालयमा गएर विस्तृत रुपमा बुझेर खवर गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ