२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला हिंशा १६ दिने अभियान कार्यक्रम

२०७२, १५ मंसिर मंगलवार ११:११

मंसिर १५, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला बिकास समितिको कार्यालय पर्वतको सहयोगमा कुश्मा सदरमुकाम स्थित उधोग बाणिज्य संघ पर्वतको सभाहलमा महिला हिंशा १६ दिने अभियान कार्यक्रम अन्तर्गत “घर शान्ति नै बिश्व शान्तिको आधारः पुननिर्माण, शिक्षा र समान व्यहार” लैङगिक हिंशा न्युनिकरण एवम् अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भुमिका बिषयक अन्तरकृया कार्यक्रम गरिएको ।

parbat district news

उक्त कार्यक्रमको अध्यक्षमा प्रजिअ झंकनाथ ढकाल , प्रमुख अतिथि धवलागिरी प्रहरी प्रमुख प्रवउ छविलाल जोशी , वरिष्ठ अतिथिमा माननिय सभासद कल्पना चापागाई तथा अतिथिहरुमा सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ब थापा, उ.वा.स.पर्वतका अध्यक्ष,पदाधिकारीहरु, महिला तथा बालबालिका केन्द«का प्रमुख, सामुदायिक प्रहरीका प्रमुख तथा पदाधिकारीहरु,जिल्ला कृयाशिल महिला संजाल,आमा समुह अध्यक्ष तथा प्रतिनिधिहरु,बिभिन्न कार्यालयहरुमा कार्यरत महिला कर्मचारीहरु तथा जिल्लामा कृयाशिल संचारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा महिला हिंशा सम्बन्धमा महिला तथा बालबालिका कार्यालय पर्वतका प्रमुख सत्यदेबि अधिकारीले प्रस्तुतिकरण गर्नुभएको र जिल्ला प्रहरी कार्यालय पर्वतको कार्यालय प्रमुख प्रनाउ गंगा पन्तले महिला हिंशा तथा निवारणमा प्रहरीले गरेको कार्य प्रगति,समिक्षा तथा आगामी दिनहरुमा गर्ने कार्य बारे आफ्नो भनाइ राख्नु भएको थियो ।

parbat district

त्यसै गरि सभासद कल्पना चापागाई, मानवअधिकार कर्मी सिता केसी,सामुदायिक प्रहरी सेवा केन्द« उपाध्यक्ष सरु भण्डारी तथा संचारकर्मी सरस्वती शर्मा तथा समाजसेवी अमुना आचार्य,मनरुपा सुबेदी,सिता परियार,केशा परियार तथा मुस्लिम समाजबाट करिना खातुन ले लैङगिक हिंशा बारे आफ्नो भनाइ राख्नु भएको थियो । उक्त कार्यक्रममा उठेका सवालहरुलाई प्रमुख अतिथि प्रवउ छबिलाल जोशी ले समिक्षा, सम्बोधन गर्नुभएको र प्रहरी र नागरिकको सम्बन्ध र नागरिक का अधिकार तथा प्रहरीको कर्तव्यका बारेमा धारणा व्यक्त गर्नुभएको ।

कार्यक्रमलाई अन्त्य गर्दै कार्यक्रममा अध्यक्ष प्रजिअ ज्यूले यस्ता कार्यक्रमहरु गाउ गाउ गरि सचेत नागरिकको रुपमा बिकास गराउनु पर्ने र यस्ता घटनाहरु समाजमा घट्न नदिइ सभ्य समाजको रुपमा निर्माण गर्नुपर्ने धारणा राख्नुभएको थियो । उक्त कार्यक्रमको संचालन प्रहरी सहायक निरीक्षक बिकास तिमिल्सेना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता