२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला हिंशा १६ दिने अभियान कार्यक्रम

१५ मंसिर २०७२, मंगलवार ११:११

मंसिर १५, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला बिकास समितिको कार्यालय पर्वतको सहयोगमा कुश्मा सदरमुकाम स्थित उधोग बाणिज्य संघ पर्वतको सभाहलमा महिला हिंशा १६ दिने अभियान कार्यक्रम अन्तर्गत “घर शान्ति नै बिश्व शान्तिको आधारः पुननिर्माण, शिक्षा र समान व्यहार” लैङगिक हिंशा न्युनिकरण एवम् अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भुमिका बिषयक अन्तरकृया कार्यक्रम गरिएको ।

parbat district news

उक्त कार्यक्रमको अध्यक्षमा प्रजिअ झंकनाथ ढकाल , प्रमुख अतिथि धवलागिरी प्रहरी प्रमुख प्रवउ छविलाल जोशी , वरिष्ठ अतिथिमा माननिय सभासद कल्पना चापागाई तथा अतिथिहरुमा सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ब थापा, उ.वा.स.पर्वतका अध्यक्ष,पदाधिकारीहरु, महिला तथा बालबालिका केन्द«का प्रमुख, सामुदायिक प्रहरीका प्रमुख तथा पदाधिकारीहरु,जिल्ला कृयाशिल महिला संजाल,आमा समुह अध्यक्ष तथा प्रतिनिधिहरु,बिभिन्न कार्यालयहरुमा कार्यरत महिला कर्मचारीहरु तथा जिल्लामा कृयाशिल संचारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा महिला हिंशा सम्बन्धमा महिला तथा बालबालिका कार्यालय पर्वतका प्रमुख सत्यदेबि अधिकारीले प्रस्तुतिकरण गर्नुभएको र जिल्ला प्रहरी कार्यालय पर्वतको कार्यालय प्रमुख प्रनाउ गंगा पन्तले महिला हिंशा तथा निवारणमा प्रहरीले गरेको कार्य प्रगति,समिक्षा तथा आगामी दिनहरुमा गर्ने कार्य बारे आफ्नो भनाइ राख्नु भएको थियो ।

parbat district

त्यसै गरि सभासद कल्पना चापागाई, मानवअधिकार कर्मी सिता केसी,सामुदायिक प्रहरी सेवा केन्द« उपाध्यक्ष सरु भण्डारी तथा संचारकर्मी सरस्वती शर्मा तथा समाजसेवी अमुना आचार्य,मनरुपा सुबेदी,सिता परियार,केशा परियार तथा मुस्लिम समाजबाट करिना खातुन ले लैङगिक हिंशा बारे आफ्नो भनाइ राख्नु भएको थियो । उक्त कार्यक्रममा उठेका सवालहरुलाई प्रमुख अतिथि प्रवउ छबिलाल जोशी ले समिक्षा, सम्बोधन गर्नुभएको र प्रहरी र नागरिकको सम्बन्ध र नागरिक का अधिकार तथा प्रहरीको कर्तव्यका बारेमा धारणा व्यक्त गर्नुभएको ।

कार्यक्रमलाई अन्त्य गर्दै कार्यक्रममा अध्यक्ष प्रजिअ ज्यूले यस्ता कार्यक्रमहरु गाउ गाउ गरि सचेत नागरिकको रुपमा बिकास गराउनु पर्ने र यस्ता घटनाहरु समाजमा घट्न नदिइ सभ्य समाजको रुपमा निर्माण गर्नुपर्ने धारणा राख्नुभएको थियो । उक्त कार्यक्रमको संचालन प्रहरी सहायक निरीक्षक बिकास तिमिल्सेना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…