हुम्लामा एक्कासि हिमपात, परीक्षार्थीलाई कष्ट

Posted on: 22 Mar, 2018

चैत ८,हुम्ला | गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । 

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । 

हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!