२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

३ महिनादेखि प्रजिअ र सहायक प्रजिअविहिन बन्दै उदयपुर

९ चैत्र २०७४, शुक्रबार ०६:४२

चैत ९, उदयपुर | जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्यका निर्णय हुन सकेका छैनन् । 

प्रदेश र केन्द्रको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर जानु भएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्कीसमेत अन्यत्र गएदेखि हालसम्म उदयपुर जिल्ला प्रशासन प्रमुखविहीन बन्न पुगेको हो । 

अहिले प्रमुख जिल्ला अधिकारी र सहायक प्रजिअसमेत नभएका कारण प्रशासनले हेर्ने सामान्य कार्य प्रशासकीय अधिकृत कुमार खड्काले हेरिरहनुभएको खड्का बताउनुहुन्छ । 

प्रजिअ तथा सहायक प्र्रजिअको अभावमा तीन महिनादेखि जिल्ला प्रशासन कार्यालयमा झण्डै २०० विभिन्न प्रकारका सार्वजनिकसम्बन्धी मुद्दा अनिर्णित भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । 

प्रजिअ वा सहायक प्रजिअको उपस्थितिमा हल गर्नु पर्ने जटिल प्रकारका सार्वजनिक र यससँग सम्बन्धित न्यायिक कार्यसमेत हुन नसक्दा सर्वसाधारणले गुनासो गरेका छन् । 

नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन व्यवस्थापन गर्ने नयाँ सरकारले घोषणा गरेको भए तापनि उदयपुरमा अहिलेसम्म पनि प्रजिअ र सहायक प्रजिअसमेत व्यवस्थापन गर्न नसकेको नेकपा (माओवादी केन्द्र)का नेत्री तथा पूर्वसभासद् मणि खम्बुको धारणा रहेको छ । 

प्रमुख प्रशासक नै नहुँदा कतिपय महत्वपूर्ण कार्य गर्न समस्या आइरहेको प्रशासकीय अधिकृत कुमार खड्काको धारणा छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य