गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा नयाँ वर्षमा ‘गुराँस उत्सव’ हुने

२०७४, ९ चैत्र शुक्रबार ०६:५५

 चैत ९, बागलुङ | नयाँ वर्ष २०७५ को अवसरमा गलकोटस्थित पर्यटकीय लेक घुम्टेमा ‘गुराँस उत्सव’ हुने भएको छ । 


गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव यही चैत ३० र वैशाख १ गते चल्नेछ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टेमा विगत पाँच वर्षदेखि ‘गुराँस उत्सव’ आयोजना हुँदै आएको छ । 

घुम्टेको पर्यटन प्रवद्र्धन र लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । 

केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनका लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ । 

“घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “घुम्टेको पर्यटन विकास र प्रवद्र्धनमा उत्सवले टेवा पुग्ने हाम्रो विश्वास छ ।” घुम्टेको धुरीमै पाँच वर्षअघि मैत्रीपूर्ण पर्यटन भेला आयोजना गरेको केन्द्रले त्यसयता लगातार गुराँस उत्सव गर्दै आएको छ । 

उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तोलन, ‘क्याम्प फायर’, मुख्य समारोहलगायतका कार्यक्रमको आयोजना गरिएको छ । 

चैत मसान्तमा घुम्टे चढ्नेहरु उक्त दिन घुम्टेको लेकमै रात बिताएर नयाँ वर्षलाई स्वागत गरी तल झर्नेछन् । सो अवसरमा घुम्टे चढ्ने पर्यटकलाई त्यहाँ अवस्थित प्रसिद्ध सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको समेत अवसर पाउनेछन् । 

उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइलाजस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनी राखिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले जानकारी दिनुभयो । 

“नयाँ वर्षलाई घुम्टेको लेकमा मनाउने अवसर पनि हो यो”, वरिष्ठ उपाध्यक्ष थापाले भन्नुभयो । चैत–वैशाखमा घना वन क्षेत्रमा फुल्ने विभिन्नथरिका गुराँसले घुम्टेको लेक राताम्मे हुने गरेको छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । 

यस्तै, मन्दिरको स्तरीकरण गर्ने, पदमार्गलाई गुणस्तरीय बनाउने र पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि लिइएको छ । 

पर्यटन मन्त्रालयको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा घुम्टेसम्म जाने छ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ । मन्दिरलगायतका पूर्वाधारको विकास र स्तरोन्नतिको काम पनि अघि बढेको छ । जिल्लाको मध्यभागमा अवस्थित घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा