गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा नयाँ वर्षमा ‘गुराँस उत्सव’ हुने

९ चैत्र २०७४, शुक्रबार ०६:५५

 चैत ९, बागलुङ | नयाँ वर्ष २०७५ को अवसरमा गलकोटस्थित पर्यटकीय लेक घुम्टेमा ‘गुराँस उत्सव’ हुने भएको छ । 


गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव यही चैत ३० र वैशाख १ गते चल्नेछ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टेमा विगत पाँच वर्षदेखि ‘गुराँस उत्सव’ आयोजना हुँदै आएको छ । 

घुम्टेको पर्यटन प्रवद्र्धन र लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । 

केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनका लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ । 

“घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “घुम्टेको पर्यटन विकास र प्रवद्र्धनमा उत्सवले टेवा पुग्ने हाम्रो विश्वास छ ।” घुम्टेको धुरीमै पाँच वर्षअघि मैत्रीपूर्ण पर्यटन भेला आयोजना गरेको केन्द्रले त्यसयता लगातार गुराँस उत्सव गर्दै आएको छ । 

उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तोलन, ‘क्याम्प फायर’, मुख्य समारोहलगायतका कार्यक्रमको आयोजना गरिएको छ । 

चैत मसान्तमा घुम्टे चढ्नेहरु उक्त दिन घुम्टेको लेकमै रात बिताएर नयाँ वर्षलाई स्वागत गरी तल झर्नेछन् । सो अवसरमा घुम्टे चढ्ने पर्यटकलाई त्यहाँ अवस्थित प्रसिद्ध सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको समेत अवसर पाउनेछन् । 

उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइलाजस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनी राखिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले जानकारी दिनुभयो । 

“नयाँ वर्षलाई घुम्टेको लेकमा मनाउने अवसर पनि हो यो”, वरिष्ठ उपाध्यक्ष थापाले भन्नुभयो । चैत–वैशाखमा घना वन क्षेत्रमा फुल्ने विभिन्नथरिका गुराँसले घुम्टेको लेक राताम्मे हुने गरेको छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । 

यस्तै, मन्दिरको स्तरीकरण गर्ने, पदमार्गलाई गुणस्तरीय बनाउने र पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि लिइएको छ । 

पर्यटन मन्त्रालयको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा घुम्टेसम्म जाने छ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ । मन्दिरलगायतका पूर्वाधारको विकास र स्तरोन्नतिको काम पनि अघि बढेको छ । जिल्लाको मध्यभागमा अवस्थित घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड