2026-10-29 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक दलितहरु मन्दिरमा प्रबेश

टेकबहादुर शाही | चैत्र १०, डोल्पा | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकको टाँके डाँडोमा अवस्थित प्रशिद्द बालात्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा मन्दिर पहिलो पटक डोल्पाका दलितले मन्दीरमा प्रबेश गरि पुजा गरेका छन । मन्दीर निमार्णकै ईतिहासमा पहिलो पटक दलितहरुले सामुहिक रुपमा प्रबेश गरि पुजा गरेका हुन ।

पौरार्णिक ग्रन्थ अनुसार बि सं १११४ भन्दा अघि निमार्ण गरिएको ईतिहास रहेको पुजारीहरु बताउछन । मध्यपश्चिमकै प्रशिद्द धार्मिक पीठ मानिने त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा डोल्पाका दलितहरुले झण्डै ९ सय ६० वर्ष पछि सामुहिक रुपमा मन्दिर प्रबेश गरेका छन ।

पटक पटक मन्दिर प्रबेशमा असफल हुदै आएका डोल्पाका दलितहरुले पहिलो पटक मन्दीरमा सामुहिक रुपमा पुजा गर्न पाएको स्थानीय मनबहादुर सार्कीले बताए । डोल्पो दलित सशक्तिकरण केन्द्र,वातावरणीय कृषि तथा बिकास केन्द्र (केड)का लिला टमटा निकै ठुलो प्रयास पश्चात सामुहिक रुपमा मन्दीरमा पुजा गराइको बताए । मन्दीरसगै जोडिएको दलित बस्तिका दलितले कहिले पनि मन्दीर भित्र गएर पुजा गर्न भने पाएका थिएनन । 

गैह्र दलितहरुले मात्र प्रबेश पाउने गरेको डोल्पाको बालात्रिपुरासुन्दरी भगवती मन्दिरमा पहिलो पटक मन्दिर प्रबेश गरेर उपल्लो जातका मन्दिरका पुजारीबाट टिका अक्षता जलप्रसाद ग्रहण गर्न पाउदा डोल्पाको दलित आन्दोलनको अभियानमा थप हौसला प्राप्त भएको त्रिपूराकोटका दलितहरुको दावी रहेको छ ।

डोल्पामा ८० प्रतिशत छुवाछुतको भयवह अवस्था कायमै भएको अवस्थामा मठमन्दिरमा सामुहिक रुपमा दलितहरुले प्रबेश गरेर पुजा गर्दा दलित मुक्ति आन्दोलनको गतिलो सन्देश दिन सफल भएको अन्तरपाटि महिला सञ्जालकी अध्यक्ष काली चलाउनेले बताइ ।उनले भनिन अब कुनै पनि दलितले मन्दीरमा पुजा गर्नबाट बञ्चीत हुनु पर्ने अबस्था आउदैन यदि त्यसो भएमा कारवाही हुन्छ अब स्थानीय सरकार आइ सक्यो ।  

दलित उपल्लो जाती जो सुकैलाई काट्दा रगत एउटै आउने भएकाले बिचार र दृष्टिकोणको अभावमा जातीय बिभेद हुन गइरहेकोले हो । उपल्लो जातले दलितहरुलाई हेर्ने र गर्ने ब्यवहार र बिचारमा परिवर्तन ल्याउन सक्नु र दलितहरुले पनि आफ्नो ब्यवहारमा परिवर्तन ल्याउनु पर्ने ६० वषीया हैता सार्कीले बताइन ।

स्थानीय दलित अगुवा मनबहादुर सार्कीले ०६४ असोज २८ गते बिजयादशमीको दिनमा पहिलो पटक आँशिक रुपमा मन्दिर प्रबेशको प्रयास गरेपनि सफल नभएको र यस पटक नेपालको संबैधानिक कानुनले दिएको अधिकारलाई उपयोग गर्दै नागरिक अगुवाको नेतृत्वमा २२ जना दलितले मन्दिर प्रबेश गर्न सफल भएको बताए ।

सार्वजनिक मठ मन्दिर धारापधँेरा र कार्यक्रममा कोही कसैलाई जातीयताको आधारमा बिभेद गर्न कानुनत दण्डनीय मानिने नेपालको संबिधानमा उल्लेख भएपनि डोल्पामा अझै पनि ८० प्रतिशत भन्दा बढि छुवाछुतको अवस्था कायमै छ । मन्दीरमा अजै पनि दलितहरु जादैनन भने शिक्षितहरुले नै दलितलाइ आफनो घरमा छुवाछुतमा नै राखेका छन । 

गाउँघरमा हुने गरेका जातीय बिभेदका घटनाहरु पनि पहुचवालाको र राजनीतिक आस्थाका आधारमा मिलापत्र गरिने र कानुनी दायरामा नल्याइदा पनि जातीय बिभेदले प्रशय पाउने गरेको मानवअधिकारवादीहरुको भनाई छ । डोल्पाको इतिहासमा हाल सम्म दुई ओटा जातीय बिभेदका घटना कानुनी दायरामा आएको तथ्याँक भएपनि मिलापत्रमै टुँगिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ