२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

चुरियाजंगल क्षेत्रमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा

११ चैत्र २०७४, आईतवार ०६:३२

चैत ११, उदयपुर | केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ । 

अहिले चुरिया जंगल क्षेत्रमा लागेको डढेलो कटारीको बेलस्रोत, खसीबास तथा रिस्कुको मानव बसोबास भएको गाउँतर्फ बढेको कारण डढेलो नियन्त्रण गर्न इलाका वन कटारी र कटारी नगरपालिका आफँै नियन्त्रण गर्न अगाडि बढेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो । 

प्रमुख श्रेष्ठका अनुसार कटारीको रिस्कुस्थित खसीबास क्षेत्रमा डढेलोको कारण जंगल क्षेत्रको आसपासका रहेको झण्डै तीनसय मानब बस्तीका घर उच्च जोखिममा परेपछि गए राति रातभर नै स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा संलग्न भएको प्रमुख श्रेष्ठले बताउनुभयो । खसीबास र रिस्कु क्षेत्रमा अहिलेसम्म पनि कटारी नगरपालिकाको नेतृत्वमा डढेलो नियन्त्रण कार्य भइरहेको छ । 

यता कटारीको बेलस्रोत क्षेत्रको जंगलमा समेत भीषण डढेलो लागेर मानव बस्तीतर्फ बढेको कारण यसको नियन्त्रण गर्न स्थानीयवासी जनप्रतिनिधि र सामुुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसमेत परिचालन भएको प्रमुख श्रेष्ठले बताउनुभयो । अहिलेसम्म यस क्षेत्रमा हजार हेक्टर क्षेत्रफल वन क्षेत्र डढेलोको कारण सखाप भइसकेको छ । 

त्रियुगा नगरपालिका क्षेत्रको हँडिया, जोगिदह लालपता पात्लेबास क्षेत्रको जंगलमा एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रण नहुँदा झण्डै दुई हजार हेक्टर क्षेत्रफलको जंगल डढेलोले प्रभावित बनाएको स्थानीयवासीले बताएका छन् भने जिल्ला वन कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य