२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वन उपभोक्ता समूहको २२ औं साधारणसभा सम्पन्न

२२ पुष २०७२, बुधबार ०८:५५

पुस, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा नगरपालिकास्थित एक वन उपभोक्ता समूहको २२ औ साधारणसभा शनिवार सम्पन्न भएको छ । वडागाउँचौर सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा वडागाउचौरमा गरिएको थियो । साधारणसभामा कुनपा १० का सर्वसाधारण सहभागी थिए ।

कुनपा १० मा सवैभन्दा बढी जनघनत्व रहेको छ । भेलामा सामुदायिक वनको संरक्षण र संवद्र्धन साथै वनलाई जिविकोपार्जनमा कसरी जोड्ने बारेमा सहभागी उपभोक्ता विच छलफल गरिएको थियो । सभाको प्रमुख अतिथि रहेका जिल्ला वन कार्यालयका प्रतिनिधि रेञ्जर ईश्वर पुरीले वनको संरक्षण, कटानी र महत्वबारे सहभागीलाई जानकारी गराएका थिए ।

उनले दाउरा चाहियो भन्दैमा जथाभावी वन फडानी नगर्न उपभोक्तालाई सुझाए । त्यसैगरी विशिष्ट अतिथि रहेका उपभोक्ता समितिका पुर्व सल्लाहकार तथा पत्रकार प्रनिश गिरीले उपभोक्ताको जनघनत्व अनुसार सामुदायिक वनको क्षेत्र थोरै हुँदा वनजन्य पदार्थको उत्पादन कमि भएको चर्चा गर्दै सामुदायिक वनलाई डम्पिङसाइट बनाउन नहुने बताए । नगरपालिकामा व्यवस्थित डम्पिङसाइट नहुँदा विगत ५ वर्ष देखि सामुदायिक वनको भिरबाट फोहोर अव्यवस्थित रुपमा मिल्काउदै आएको अवस्था छ ।

फोहोर सल्केर आगो लाग्दा वन समेत मासिएको थियो । वन समूहका अध्यक्ष ईन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक सेवा समाज कुश्माकी अध्यक्ष तथा समाजसेवी मानकुमारी गिरी, लेखक संघ केन्द्रिय सदस्य तथा साहित्यकार सरस्वती शर्मा जिज्ञासु लगायतले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य बुद्धिकुमारी श्रेष्ठले राखेकी थिईन् ।

कार्यक्रमको संचालन कोषाध्यक्ष ज्ञानबहादुर भण्डारीले राखेका थिए । सोही कार्यक्रममा समूहका अध्यक्ष ईन्द्रप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भण्डारीले पेश गरेको आयव्यय विवरणमा समूहको वार्षिक आय ४ लाख ३ हजार ९ सय ५ रुपैया र खर्च ३५ हजार ९ सय ३५ रुपैया रहेको थियो । उपभोक्ता समूहमा करीव १५० जना सदस्य रहेका छन् । सो कार्यक्रममा फेकोफन प्रतिनिधि सामाजिक परिचालक विमला शर्मा र नेकपा एमाले कुश्मा नगरकमिटी अध्यक्ष रुद्र गिरीको समेत सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव