२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काम गरेको ज्याला माग्दा वडाध्यक्षद्वारा निर्घातरुपमा कुटिए श्रमिक

१४ चैत्र २०७४, बुधबार ०६:४०

चैत १४, बाजुरा | बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुझिएको छ । 

विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा कुटपिट गरेको स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष भुकाखोला लघु जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहनुभएको छ । ज्याला माग्दा निर्घातरुपमा कुटिएको पीडित मनबहादुर विष्टले बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “गाउँमा रहेको भुकाखोला लघु जलविद्युत् निर्माण भएको लामो समय वितिसक्दा पनि चैतेदशैँ मनाउनका लागि ज्याला माग्दा सोही वडाका वडाध्यक्ष कटकबहादुर विष्टले निर्घात रुपमा हातखुट्टा बाँधेर गाई गोरुको गोठमा थुनेर कुटपिट गरेको विष्टले बताउनुभयो । 

वडाध्यक्षको कुटाइको खबरपछि पिलुचौर प्रहरी चौकीको टोलीले घाइते विष्टको उपचारका लागि जिल्ला सदरमुकाम मार्तडीमा मंगलबार ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभएको छ । 

वलीले दिएको जानकारीअनुसार घाइते विष्टको घाउ केस फाराम भरिएको छ । थप उपचार र जानकारीका लागि विष्टलाई प्रहरी कार्यालयमा ल्याइएको उहाँले बताउनुभयो । विष्टलाई कुटपिट गर्ने वडाध्यक्ष कटक विष्टलाई भने पक्राउ नगरेको बताइएको छ । 

वडाध्यक्ष विष्टले मनबहादुर विष्टले मदिरा सेवन गरी गाली गलौज गरेकाले हातखुट्टा बाँधेर प्रहरीलाई खबर गरेको बताउनुभएको छ । उहाँले आफूले मन विष्टलाई कुटपिट नगरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य