२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा चितुवाको छालासहित एक पक्राउ

१५ चैत्र २०७४, बिहीबार ०६:०२

चैत १५, दाङ | दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । 

अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयले बुधवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्युठान स्वर्गद्वारी नगरपालिका–५ घरभई हाल चौघेरामा डेरा गरी बस्ने परियारलाई चितुवाको छाला, आठ थान दाँतसहित मंगलबार साँझ पक्राउ गरी सार्वजनिक गरेको हो । कब्जा गरेको छाला, दाँत र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाउन लागिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले बताउनुभयो । 

कब्जा गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्बाइ र ४ फिट ३ इन्च लम्बाइको रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ