२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खानेपानीकै लागी घण्टौँ लाम लाग्न बाध्य छन् बाग्लुङ बरेङका बासिन्दा

१५ चैत्र २०७४, बिहीबार ०७:१९

रामबहादुर थापा/ चैत १५, बागलुङ | बरेङ गाउँपालिका–५ सुखौरा, भित्रीवनकी तिर्सना थापा उज्यालो नहुँदै जौबारी खोलाको मुहानमा पुग्नुहुन्छ । 

डेढ घण्टा हिँडेर मुहानमा पुग्दासम्म रित्ता गाग्रीको लाम लागिसकेको हुन्छ । बेलैमा नपुगे पालो नपाइने चिन्ताले यहाँका गृहणी अँध्यारो नहुँदै मुहान पुगिसक्छन् । “हामीलाई सधैँको दुःख छ, खानेपानीको समस्या धेरै छ” थापाले भन्नुभयो । हिउँदमा त झन भएका मुहान पनि सुकेपछि खानेपानीको हाहाकार नै हुने गर्छ । 

भित्रीवनको जस्तै पीडा पिँडालुबारी र अन्य बस्तीका बासिन्दाको पनि छ । घण्टौँ लगाएर खानेपानीको जोहो गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाउन सकेका छैनन् । सुखौराका बासिन्दाले सधँै खानेपानीको समस्या झेल्दै आएको वडाध्यक्ष अम्मरबहादुर शेरबुजाले बताउनुभयो । उहाँका अनुसार बस्तीभन्दा तल मुहान हुनु नै खानेपानी संकटको प्रमुख कारण हो । “बस्तीमाथि छ, भएका मुहान तल छन्” उहाँले भन्नुभयो “हाम्रो मुख्य समस्या नै खानेपानी हो ।” 

दुई सय २७ घरधुरी रहेको सुखौरामा १५० भन्दा बढी परिवारले खानेपानीको चरम समस्या भोग्दै आएका छन् । सरकारी अनुदानमा केही वर्षअघि निर्मित ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजनाबाट केही बस्तीमा भने सुविधा छ । उक्त योजनाबाट धम्पुका २६ र बाहुँनडाँडा बस्तीका १४ घरमा खानेपानी पुगेको छ । बस्तीदेखि तल रहेको खानेपानीलाई सौर्य ऊर्जा प्रणालीबाट तानेर बस्तीमा ल्याइएको हो । धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले उक्त आयोजना निर्माण गरेका थिए । 

सुखौरामा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना नै सबभन्दा उपयुक्त हुने परियोजनाका इञ्जिनियर विवेक सापकोटाले बताउनुभयो । “बस्तीमाथि छ, खानेपानीको स्रोत तल छ” उहाँले भन्नुभयो “त्यहाँको उत्तम विकल्प ‘लिफ्ट’ प्रविधि नै हो ।” परियोजनाले आकाशे पानी संकलनका लागि भित्रीवन र पिँडालुबारीमा बनाएका घैंटो प्रविधि पनि प्रभावकारी देखिएको छैन । खडेरीमा घैंटौ पनि रित्तै हुने र पानी संकलन भइहाले पनि पिउन योग्य नभएको उपभोक्ताको गुनासो छ । 

वडाबाट यो वर्ष खानेपानीका लागि रु २० लाख बजेट छुट्टाइएको छ । उक्त बजेटबाट ठूलो क्षमताको खानेपानी ट्यांकी निर्माण गर्ने योजना वडा कार्यालयले बनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत नयाँ आयोजनाको लागि विस्तृत सर्वे पनि गरिएको वडाध्यक्ष शेरबुजाले बताउनुभयो । “रु दुई करोड २० लाखको लागत योजना तयार भएको छ” उहाँले भन्नुभयो “आयोजना कार्यान्वयनमा बजेट अभाव छ ।” उक्त आयोजना बनेमा दीर्घकालीन रुपमा खानेपानी समस्या समाधान हुने उहाँको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड