महासंघको ६३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महासंघको ६३ "/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्षहरु सम्मानित

१६ चैत्र २०७४, शुक्रबार ११:२७

ताराबहादुर महत । चैत्र १६, दोलखा । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर दोलखा शाखाले आफ्ना पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।


महासंघको ६३ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्वर्गीय देवदास श्रेष्ठ, चिरञ्जीवी मास्के, राजेन्द्र मानन्धर र उद्धबप्रसाद पोखरेल सम्मानित हुनुभएको हो । संसथापक अध्यक्ष श्रेष्ठकी धर्मपत्नी रञ्जितादेबी श्रेष्ठलाई सम्मानपत्र प्रदान गरिएको छ । सम्मानित मास्के र मानन्धरले पत्रकार महासंघ दोलखा शाखाको दुई कार्यकाल नेतृत्व गर्नुभएको थियो ।


                             सम्मानपत्र ग्रहण गर्नुहुँदै पुर्व अध्यक्ष चिरञ्जीवी मास्के

कार्यक्रममा मन्तव्य राख्नुहुँदै महासंघ दोलखाका पुर्व अध्यक्ष चिरञ्जीवी मास्केले नकरात्मक र आलोचनात्मक समाचार लेख्ने पत्रकारलाई मात्र पत्रकार मान्ने चलन रहेको बताउनुहुँदै सकरात्मक परिवर्तनका लागि पत्रकारिता गर्ने सबैलाई पत्रकारको रुपमा चिन्न आग्रह गर्नुभयो । त्यसैगरी पुर्व अध्यक्ष राजेन्द्र मानन्धरले पत्रकारिता क्षेत्रको गरिमा बढाउन सबै पत्रकारहरुले इमानदारीता र गम्भिरताका साथ मिडियामा विषयको उठान गर्नुपर्ने बताउनुभयो ।


                                         सम्मानपत्र ग्रहण गर्नुहुँदै पुर्व अध्यक्ष राजेन्द्र मानन्धर

नेपाल पत्रकार महासंघ दोलखाकी उपाध्यक्ष मन्दिरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै स्थानिय सरकारले गरेका राम्रा कामको प्रोत्साहन र नराम्रा कामको उजागर गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । नगर प्रमुख केसीले अन्य ठाउँको तुलनामा दोलखाका स्थानिय सरकार प्रमुखहरु सक्षम रहेको र राम्रो काम गरेको समेत दाबी गर्नुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कट्वाल, रणभिम गणका गणपति झविन्द्र रेश्मी, प्रहरी निरिक्षक रमेश प्रधान, जिल्ला हुलाक कार्यालयका प्रमुख नविनकुमार श्रेष्ठ, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, बार एसोसियसन दोलखाका अध्यक्ष सरोज उप्रेति, गौरीशंकर क्याम्पस चरिकोटका प्रमुख शान्त केसी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य