2026-09-03 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घर-घरमा पुगेर उपचार गर्न डा. केसि डोल्पामा

टेक बहादुर शाही | चैत १६, डोल्पा | भौगोलिक रुपमा अति दुर्गम मानिने डोल्पा जिल्लामा घरघरमा पुगेर उपचार गर्न डक्टर गोबिन्द केसि डोल्पा पुगेका छन । माथिल्लो डोल्पाको धो तराप उपध्यकाकामा रहेका स्थानीयहरुलाइ हाडजोर्नि देखि अन्य चेकजाच गर्न आफु डोल्पा आएको हार्डजोर्नि बिशेषज्ञ केसिले जानकारी दिए । 

माथिल्लो डोल्पामा रहेका बृद्ध देखि अन्य बिरामीले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारि काम गर्नु पर्ने भएकोले हड्डी सम्बन्धी समस्या धेरै नै खेप्नु पर्ने भएकोले पनि आफुले माथिल्लो डोल्पाको धो नै रोजेको केसिले बताए ।उनले भने तिन दिनको शिबिर तय गरेको छु घरघरमा नै पुगेर बिरामीको उपचार गर्छु । 

करिब ४ हजार उचाइमा रहेको डोल्पो बुद्धगाउपालिकाको धोका स्थानीयलाइ घरैमा उपचार गर्ने लक्ष्याका साथ ६१ बर्षको उमेरमा माथिल्लो डोल्पा जान लागेको डक्टर केसिले जानकारी दिए । उनका अनुसार केहि औषधिहरु आफैले बोकेर ल्याएको र जिल्लामा रहेका स्वास्थ्यका कर्मचारीहरुको सहयोगमा ३ दिन सम्म बिरामी चेकजाच गर्ने बताए ।

हिमपात र चिसोको बिचमा पनि माथिल्लो डोल्पामा उपचार गर्न साहास गरेकोमा कुनै पनि सहयोग गर्न पछि नपर्ने स्थानीय अगुवा छिरिङफुर्वा गूरुङले प्रतिबद्धता गरे ।उनले भने स्वास्थय  क्षेत्रका सामान्य कर्र्मचारी नदेखेका स्थानीयले हार्डजोर्निका बिशेषज्ञ घरमै पाउदा भगवान नै पाएको अनुभुति गर्नेछन । 

डक्टर केसिलाइ भेट्न गएका नागरिक अगुवा,मानवअधिकार कर्मीहरु र पत्रकारहरुसंग कुरा गर्दै केसिले भने सरकारले बिशेष ब्यवस्था सहित गाउगाउमा चिकित्सक राख्नु पर्ने बताए । उनले भने स्थानीयलाइ नै अबसर दिएर सेवा दिए सबै भन्दा प्रभाबकारी हुने र जनताले सेवा पाउछन । 

चौथो पटक डोल्पा पुगेका केसि हिमाली र दुरदराजमा रहेका नागरिकको उपचार गर्न पाउदा निकै आनन्दको महसुस हुने भन्दै सरकारले सबै नागरिकलाइ समान सेवा प्रदान गर्नु पर्ने बताए । उनका अनुसार माथिल्लो डोल्पामा नागरिकले सरकारले दिने सेवा सुबिधाको जानकारी नै नपाएको र बञ्चितिकरणमा पारिएको दावी गरे । 

बिश्वको सबै भन्दा अग्लो स्थानमा रहेको उपत्यका धो हिमपातले सेताम्मे रहेको भए पनि आफु घरघरमा नै पुगेर उपचार गर्ने डक्टर केसिको दावी रहेको छ । उनि भन्छन मलाइ कुनै सख्यामा लक्ष्य पूरा गर्नु छैन मात्र बिरामीको उपचार गर्नु छ ढुक्क छु चेकजाच गरेरै आउछु । 

रेडियो पत्रपत्रिकार टेलिभिजनमा मात्र चर्चाका पात्र भन्ने सुनेका डोल्पाका स्थनीयहरुले डक्टर केसिसंग तस्वीर खिचाउदै सामाजिक सञ्जालमा प्रशंसा गरेका छन ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही