2026-09-15 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालयद्धारा महाकालीमा काठेपूल बनाउन भारतलाई अनुमति

लोकेन्द्र जोशी | चैत १६, दार्चुला । गृह मन्त्रालयले अन्तराष्ट्रिय सिमा नदिको रुपमा रहेको महकाली नदिमा पुल लगाउन भारतिय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँहरुमा तीन ओटा पुल लगाउन गृह मन्त्रालय बाट अनुमति प्राप्त भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । 

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्याँस गाउपालिकाको वडा नम्बर २ को नजांग, लखनपुर  र छाङकङरे खोलामा अस्थायी काठे पुल लगाउन नेपाल सरकार संग अनुमति माग गरेको थियो । कैलाश मानसरोवर जाने तिर्थ यात्री तथा सौका समुदायको हुने बसाई सराईलाई मध्यनजर गर्दै केहि समयका लागी मात्रै अनुमति दिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।

यसअघि भारतीय पक्षले नेपालको सहमति विनै ब्याँस गाउपालिकाको वडा नम्बर २ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर १ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठे पुल लगाएर भारत पट्टी निर्माण भैइरहेको सडकमा काम गर्ने मजदुरहरुलाई आवत जावत गराइरहेको थियो, भने नेपाली भूमिमा डेढ किमी कच्ची सडक र झण्डै दुई किमी बाटो समेत निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ