४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

१८ चैत्र २०७४, आईतवार ०३:४२

चैत १८, नवलपरासी (रासस) | पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या भएको छ । 

कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा बन्दी हुँदा कैदी तथा बन्दीलाई व्यवस्थापनमा असहजता हुँदै आएको हो । जसले गर्दा कैदी तथा बन्दीलाई व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले बसोबास एवम् शौचालयका लागि समस्या भएको कारागारले जनाएको छ । 

जिल्ला कारागारमा १७५ कैदी–बन्दी राख्ने क्षमता भएको भए पनि यहाँ अहिले ३८२ कैदी–बन्दी रहेको कारागार स्रोतले जनाएको छ । २०७२ सालको चैतमा निर्माण सम्पन्न भएर कैदी–बन्दीलाई नयाँ कारागार भवनमा सारिएको थियो । कारागार स्रोतका अनुसार अहिले कारागारमा पुरुष ३२१ र महिला ६१ गरी ३८२ जना कैदी–बन्दी छन् । कारागारमा हाल ६ जना नाबालकसमेत रहेका छन जसमध्ये चार बालक र दुई बालिका रहेका छन् । कारागारको भौतिक अवस्था राम्रो रहेको भए पनि क्षमताभन्दा निकै बढी संख्यामा कैदी–बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ