२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार

१८ चैत्र २०७४, आईतवार ०४:०१

चैत १८, इलाम (रासस) | इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ । 

विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नहुँदा स्थानीयवासी अन्धकारमा रात बिताउन बाध्य भएका छन् । विद्युत् नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । त्यस क्षेत्रमा गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिका–२, ४, ५ र ६ का करीव २५० घरधुरी बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन् । त्यहाँका काठका पोल जीर्ण भएकाले सडक निर्माणका क्रममा ढलेको वडासचिव गोविन्द भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडक निर्माण गर्ने क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्मका छ वटा पोल ढलेका थिए । तर त्यस ठाउँमा नयाँ पोल प्रतिस्थापनमा ढिलाइ भएकाले अन्धकार भएको उहाँको भनाइ छ । त्यहाँ १५ वटा नयाँ पोल फेर्नुपर्ने भएकाले ढिलाइ भएको बताइएको छ । 

साथै त्यस क्षेत्रमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्नेसमेत भएकाले विद्युत् सञ्चालन हुन अझ केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण उपशाखा कार्यालय पशुपतिनगरका विनोद मास्केले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव