२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका ६ स्थानीय तहमा अझै बैंक स्थापना भएनन्

१९ चैत्र २०७४, सोमबार १०:०९

चैत १९, इलाम | स्थानीय तहको निर्वाचन सम्पन्न भएको आठ महिना वितिसक्दा पनि जिल्लाका छ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा स्थानीय बासिन्दालाई सदरमुकाम धाउनु पर्ने बाध्यता छ । 

गाउँपालिकामा जाने भनिएका बैंक नगएपछि गाउँपालिकाले सदरमुकाममै रहेको बैंकमा खाता खोलेर काम गर्दै आएको छ । 

जिल्लाका १० वटा स्थानीय तहमध्ये तीन नगरपालिका र एउटा गाउँपालिकामा बाहेक बाँकी छ वटा स्थानीय तहमा कुनै पनि सरकारी तथा निजी स्थापना नगरिएकाले ती निकायलाई आर्थिक कारोवार गर्न समस्या हुने गरेको छ । माई नगरपालिका सन्दकपुर, माईजोगमाई, फाकफोकथुम, माङ्सेबुङ र रोङ गाउँपालिकामा अझै पनि बैंक स्थापना हुन सकेको छैन । 

इलाम, सूर्योदय र देउमाई नगरपालिकामा दर्जनभन्दा बढी बैंक पहिल्यै नै स्थापना भएका छन् भने अहिले पनि स्थापना हुने क्रम जारी छ । चुलाचुली गाउँपालिकामा भने भर्खरैमात्र एनएमबी बैंक स्थापना भएको छ । सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत सास्ती भएकोे छ । बैंकको कामकै लागि घण्टौँ धाएर इलाम नगरपालिका धाउनुपरेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनुभयो । 

विकास निर्माणको मात्र नभएर स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामा नै गएको छ । तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकासा गर्नसमेत झन्झट भएको कर्मचारीकोे गुनासो छ । बैंक नभएकाले आर्थिक कारोवार गर्न कठिनाइ भएको जनप्रतिनिधिहरुले बताएका छन् । 

स्थानीय तहको निर्वाचनको समयमा सिंहदरबारको अधिकार गाउँगाउँ पु¥याउने नेताहरुले भने पनि व्यवहारमा उतार्न सकेका छैनन् । दलहरूले निर्वाचनमा गरेका घोषणा अहिलेसम्म पनि कार्यान्वयन गराउन नसक्दा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु