२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा रहेको चमेरे गुफा ओझेलमा पर्दै

२१ चैत्र २०७४, बुधबार ०७:१०

नारायणी रजौरे/चैत २१, दाङ | दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको चमेरे गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ । 

करीब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्ने सके बाह्रैमहिना तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयवासीको भनाइ छ । 

चमेरी गुफासम्म पुग्नको लागि सामान्य मोटर बाटो पुगे तापनि प्रर्याप्त रुपमा त्यसको विकास हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।

तुलसीपुर बजारदेखि करीब १२ किलोमिटरको दुरीमा रहेको यस गुफाको प्रचारप्रसार र सम्बद्र्धन गर्ने सके पर्यटकीय स्थिलको रुपमा विकास गर्ने सकिने यहाँका जानकारहरुको भनाइ छ । 

प्राकृति रुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नेसके दाङ जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास हुने निश्चित छ । हाल गुफामा दैनिकरुपमा ५० देखि ६० सम्म सर्वसाधारण अवलोकनका लागि जाने गरेको गुफा संरक्ष्ण समितिले जनाएको छ । 

विभिन्न तीन तला रहेको उक्त गुफासम्म पुग्नको लागि जिल्ला विकाश समिति दाङ, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा पुग्ने बाटो तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास हुन नसको स्थानीयवासीको भनाइ छ । 

गुफाभित्र विभिन्न देवी–देवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देख्न सकिन्छ । 

गुफामा विभिन्न तीन तह रहेका छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ । बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरी गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरी गुफा हुन गएको जानकार बताउँछन् । 

करीब २०५२ सालमा पता लागेको यस गुफा कसले र कसरी पत्ता लाग्यो भन्ने बारे सबै अनभिज्ञ रहेका छन् । जानकार भने भिरमा घाँस काटन जाँदा पत्ता लागेको बताउँछन् । 

गुफासम्म पुग्न बाटोमा सिँढी निर्माणको काम थालनी भए पनि बजेट अभावका कारण सो काम सम्पन्न हुन नसकेको बताएको छ । चमेरी गुफासम्म तत्कालीन तुलसीपुर नगरपालिका र जिविस दाङको 

सहयोगमा बिजुली पुगे पनि सो विद्युत्ले मात्र प्रर्याप्त नभएको बताएको छ । 

यसको विकास भए दाङको पनि विकास हुने भन्दै स्थानीयवासीले सरोकार निकायलाई यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सबैले सहयोग गर्नुपर्ने बताएका छन् । 

स्थानीय तथा चेमेरे गुफा संरक्षण समितिका संयोजक भूपबहादुर पुनले यसको विकाशका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गुफाको प्रचारप्रसार र विकास गर्ने सके पर्यटकीयक्षेत्रको रुपमा विकास हुने र यसले स्थानीय बासिमा आर्थिक विकासमा टेवा पुग्नेछ । गुफा संरक्षण समितिका अध्यक्ष पुनले अहिले मुख्य समस्या गुफासम्म पुग्नका लागि मूलबाटो, गुफाको उत्खनन र भौतिक पूर्वाधार निर्माण मुख्य रहेको बताउनुभयो ।” 

उहाँले हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि रु २० लिने गरको छ । त्यसबाट संकलित रकम एकजना कर्मचारीको पारिश्रमिक र गुफाको विकासमा लगाउँदै आएको छ । 

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले चमेरे गुफा संरक्षण र सवद्र्धन गर्नका लागि विशेष योजना ल्याउने तयारी गरेको जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले नगरपालिकाले बाटोका लागि रु ५० लाख रकम विनियोजन गरिसकेको जानकारी दिनुभयो । उहाँले सो रकमबाट गुफा पुग्नका लागि बाटो निर्माण गर्ने आफूहरुको योजना रहेको समेत बताउनुभयो । 

चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको र सोहीअनुरुप कामलाई अगाडि बढाउने समेत बताउनुभयो । त्यसैगरी गुफाको प्रचारप्रसार गर्नेका लागि आगामी वर्षमा मेला तथा महोत्सव लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ