Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सिएमएस नेपालको शाखा कार्यालय चरिकोटमा

२०७४, २२ चैत्र बिहीबार १२:११

ताराबहादुर महत । चैत्र २२, दोलखा । सामुदायिक मेलमिलापकर्ता समाज (सिएमएस) नेपाल दोलखा शाखाको कार्यालय आजबाट चरिकोटमा संचालनमा आएको छ ।


सामुदायिक मेलमिलापकर्ताहरुको छाता संगठनको रुपमा रहेको सिएमएस नेपालको जिल्ला शाखा कार्यालय चरिकोट बिचबजारमा स्थापना गरिएको जिल्ला अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो । मेलमिलापकर्ताहरुको हकहितमा काम गर्ने उद्धेश्यका साथ स्थापना भएको संस्थाको पहिलो जिल्ला अधिवेशन गत माघ २० गते चरिकोटमा सम्पन्न भएको थियो । सिएमएस नेपालको दोलखा शाखामा करिब एक सय पचास जना सदस्य रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँका अनुसार मेलमिलाप परिषदको पाठ्यक्रम बमोजिम सामुदायिक मेलमिलाप सम्बन्धि कम्तीमा ४८ घण्टे तालिम लिएको व्यक्ति यस संस्थाको सदस्य बन्न पाउने प्रावधान रहेको  छ ।

द एसिया फाउण्डेसनको सहयोगमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालले सामुदायिक मेलमिलाप कार्यक्रम मार्फत जिल्लामा पाँच सय बढी मेलमिलापकर्ताहरु स्वयमसेवकको रुपमा काम गर्दै आईरहेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै