४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सिस्नु बिक्रीबाट लाखौँको आम्दानी गर्छन उदयपुरका महिला

२५ चैत्र २०७४, आईतवार १०:३४

चैत २५ उदयपुर | पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । 

यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने गरेको मगर बताउँछिन् । रौताको सिस्नु स्थानीय सामान्य होटलदेखि ठूला होटलमा पनि माग हुने गरेको छ । एक पटकमा रु तीन हजारदेखि चार हजार सम्मको सिस्नु बिक्री गर्ने गरेको उनको भनाइ छ । 

सिस्नु बिक्री गरेर नै आफूले घरमा दुई छोरी र एक छोरालाई पढाउने कामसमेत गरेको मगरको दाबी छ । मसबासेकै अर्का ६६ वर्षीया पञ्चमाया मुग्रातीले पनि पाँच वर्षदेखि निरन्तर रुपमा गाईघाट बजारमा सिस्नु बिक्री गर्दै आएकी छिन् । आफूले हिउँद महिनाभरि सिस्नु बिक्री गर्ने गरेको र हप्तामा एक–दुई पटक मात्र बिक्री गर्ने गरे पनि चार–पाँच महिनाभित्र रु ६० हजारकसम्मको कारोबार गर्ने गरेको मुग्राती बताउँछिन् । भएको एउटा छोरो सानैदेखि भारततिर लागेको र सिस्नु बिक्रीबाट दम्पतीको जीवन धानिएको उनको भनाइ छ । 

उच्च पहाडी क्षेत्रको हावापानीमा उत्पादन हुने गरेको रौताको सिस्नुको माग अहिले अधिक मात्रामा हुने गरेको छ । गाईघाट मेलिना होटलका सञ्चालक गंगाबहादुर राई भन्छन्, “होटलमा ग्राहक पनि सिस्नु र ढिँडो खान आउँछन् र आफूहरुलाई पनि सिस्नु मनपर्ने हुँदा हिउँदमा रु १५ हजारसम्मको सिस्नु खरिद गर्ने गरेको छु ।” 

मुख्य गरेर त्रियुगा नगरपालिका क्षेत्रलगायत गाईघाट बजारका सर्वसाधारणदेखि होटल सञ्चालकले सिस्नु किन्न थालेपछि जिल्लाको पहाडी क्षेत्र रौताको सिस्नु व्यापार पनि ह्वात्तै बढेको सिस्नु बिक्रेता बताउँछन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ