२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुन २८, २९ र चैत १ मा हात्तिपाइले रोगको औषधी खुवाइने

२४ फाल्गुन २०७२, सोमबार ०६:४९

फागुन २४, पर्वत / हात्तिपाइले रोग निवारणको लागि जिल्लामा हात्तीपाइले रोगको औषधी खुवाइने भएको छ । यहि फागुन २८, २९ र चैत १ जिल्लाका १ लाख भन्दा बढी मानिसहरुलाई हात्तीपाइले रोगको औषधी खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सोमबार पत्रकार सम्मेलन गरी जानकरी दिएको छ । हात्ती पाइले रोगको संक्रमण देखिएका ६१ जिल्लामा मध्ये नेपाल सरकारले यस बर्ष ३५ जिल्लामा यो रोगको औषधी खुवाउने भएको छ। जसमध्ये पर्वतमा पनि यो रोगको औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हात्तीपाइले रोगको १३ प्रतिशत जिल्लामा अझै कबरेज गर्न बाँकी रहेका कारण यो बर्षपनि जिल्लामा हात्ति पाइले रोगको ओषधी खुवाउने अभियान संचालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए । फाइलेरिया नामक पोथी लामखुट्को टोकाइबाट सर्ने यो रोगका कारण संक्रमण भएको भाग सुन्निुको साथै आकार बढ्दै जाने गर्दछ । २ देखि ४ बर्षको उमेर समुहकालाई डिइसी १०० ग्रामको एक चक्की र ४०० ग्रामको अलविन्डाजोल एक चक्की, ६ देखि १४ उमेर समुहकालाई डिइसी १०० ग्रामको २ चक्की र ४०० ग्रामको अलविन्डाजोल एक चक्की र १५ बर्ष भन्दा माथिका उमेर समुहका मानिसलाइ डिइसी १०० ग्रामको ३ चक्की र ४०० ग्रामको अलविन्डाजोल एक चक्की खानुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो रोगको औषधी २ बर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरु(जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको लागि औषधी सेवन गरिराखेको जस्तो क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घरोगी, मुगी(छारे रोग) रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ बर्ष मुनीका बालबालिकाहरु) लाई खुवाउन नहुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ भने ७० बर्ष भन्दा माथिका उमेर समुहको स्वास्थ्य परिक्षण गरेरमात्र औषधी खुवाउन सकिने छ । यो रोगको लक्षण भएको रोगीलाई औषधी सेवन गरेपछि हल्का ज्वरो आउने तथा रिगटा लाग्ने ,वाकवाक आउने, हुन सक्ने तर आत्तिनुपर्ने आवश्यक नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विश्वमा हात्ती पाइले रोगका झण्डै १२ करोड मानिसहरुमा संक्रमण देखिएको छ । जसमध्ये १.५ करोड हात्तीपाइले र २.५ करोडमा अण्डकोष तथा यौनाङ सुनिने पाइएको छ भने २ तिहाई मानिसहरु (८ करोड) मा साधरण खाले लक्षणवा बाहिरी संक्रमण नदेखिएको अबस्था छ । भने, नेपालमा कुल जनसंख्याको ९० प्रतिशत रोगको प्रभाभित क्षेत्रमा रहेको अन्ुमान गरीएको छ । हिमाली १२, पहाडी २ गरी १४ जिल्लामा यो रोगको समस्या देखिएको छैन । यो रोगका संक्रमण देखा परेका कुल जिल्ला मध्ये ३५ जिल्लामा यो बर्ष औषधी खुवाउने र सन् २०२०मा देशबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारले लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो