४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका विपन्न परिवारलाई जस्तापाता र विद्युतीय सामग्री वितरण

२७ चैत्र २०७४, मंगलवार ०६:०८

चैत २७ तेह्रथुम | तेह्रथुमको म्याङलुङ नगरपालिका–७ वडाभित्रका आर्थिकरुपले विपन्न परिवारका सदस्यलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिँचाइका लागि पाइप वितरण गरिएको छ । 

वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी वडाले वडा क्षेत्रका तीन परिवारलाई जस्तापाता वितरण गरेको हो । नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले वडाभित्रका विपन्न ठहरिएका मनबहादुर विक, देवीमाया विक र कुमारी दर्जीलाई प्रतिपरिवार रु १० हजार बराबरका जस्तापाता वितरण गर्नुभयो । 

त्यसैगरी विद्युतीकरणका लागि आर्थिक विपन्नताका कारण समस्या बेहोरिरहेका हेमबहादुर लिम्बू, तिलबहादुर विक, हर्कबहादुर लिम्बू, सुमित्रा माझी र जयबहादुर खड्कालाई प्रतिपरिवार रु छ हजार बराबरका मिटर बक्स, तारलगायतका विद्युतीकरणका सामग्री वितरण गरेको छ । 

यस्तै विभिन्न १६ परिवार लाभान्वित हुने गरी साना सिँचाइ तथा खानेपानीका लागि पाइप वितरण गरिएको वडा सचिव राम भट्टराईले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ