२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

‘लाङ्टाङ साहित्य यात्रा’ वैशाख २९ देखि हुने

२०७४, २७ चैत्र मंगलवार ०७:१५

ज्ञानेन्द्र न्यौपाने/चैत २७ रसुवा | विक्रम संवत् २०७२ को भूकम्पको असरले पहिरामा पुरिएर दिवंगत बासिन्दाको सम्झना गर्दै आगामी वैशाख अन्तिमा सातादेखि लाङ्टाङ साहित्य यात्रा हुने भएको छ । 

लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा दिवंगत स्थानीयवासी, पर्यटक र पथप्रदर्शकसमेतको सम्झना गर्दै रसुवा स्रष्टा समाजको आयोजनामा वैशाख २९ गते साहित्यिक स्रष्टाद्वारा कविता वाचन गरिने र चित्रकला कोरिने साहित्यकार फुर्पा तामाङले बताउनुभयो । 

कविताका माध्यमबाट दिवंगतहरुको सम्झना गर्ने, लाङ्टाङ पदमार्ग सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र वातावरणका साथै जैविक विविधता संरक्षणमा जागरण ल्याउने मुख्य उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जनाइएको छ । भूकम्पका कारण पहिरो आउँदा १७५ स्थानीयवासी र केही विदेशी पर्यटक तथा पथप्रदर्शकको निधन भएको थियो । 

क्यान्जेन गुम्बा पुनःनिर्माण 

भूकम्पका कारण पूर्णरुपमा क्षति भएको क्याङ्जवेन गुम्बा पुनःनिर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार ९०० मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र लाङ्टाङ क्षेत्रको क्याङ्जेन गुम्बा दाताहरुको सहयोगमा निर्माण गरिएको लाङ्टाङ पुनःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले जानकारी दिनुभयो । 

छ सय वर्ष पुरानो क्यान्जेन गुम्बामा भूकम्पले पूरै क्षति पुर्याएपछि ४० वर्ष अगाडिदेखि लाङ्टाङवासीसँग प्रगाढ सम्बन्ध बनाएकी जापानी आया आकासीको रु ९० लाख सहयोगबाट पुनःनिर्माण गरिएको बताइएको छ । 

ऐतिहासिक गुम्बा भएकाले पहिलाको स्वरुप नबिग्रने गरी स्थानीय लामागुरुको प्रत्यक्ष रेखदेखमा ढुंगा काटेर भित्री भागमा सिमेन्ट जडान, बाहिर काटेको ढुंगाको गाह्रो, छानामा काला स्लेट ढुंगा लगाई निर्माण भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । 

गुम्बा निर्माणले स्थानीय बौद्धधर्मावलम्बीलाई नियमित पूजाआजामा सहज भएको समाजसेवी ढिण्डूप तामाङले बताउनुभयो । क्यान्जेन पुग्ने पर्यटकलाई समेत ऐतिहासिक गुम्बा अवलोकन गर्न सहज भएको छ । क्याङ्जेन गुम्बामा होटेलको व्यवस्थापनले अबका दिनमा पर्यटकको आगमन बढ्ने स्थानीय व्यवसायीले अपेक्षा गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै