२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उत्तरगंगा धाम र ढोरबराहको खै प्रचार

२८ चैत्र २०७४, बुधबार ०७:२५

वासुदेव पौडेल/चैत २८ बागलुङ | सामान्यतः उत्तरतर्फ हुँदै बग्ने नदी नाला विश्वव्यापी रुपमा नै कम हुन्छन् । 

उत्तरबाहिनी नदीलाई हिन्दू धर्मग्रन्थमा अत्यन्त पवित्र मान्ने गरिन्छ । 

नेपालमा उत्तरगंगा(बागलुङ), कर्मनसा(ललितपुर)जस्ता नदी उत्तरवाहिनी नदी हुन् । नेपालका धार्मिक महत्वका धाममध्ये बागलुङको ढोरपाटनस्थित उत्तरगंगा धामलाई लिने गरिए पनि प्रचारप्रसारको अभावमा यो ओझेलमा परेको छ । 

उत्तरतर्फ भई बग्ने उत्तरगंगा नदीको मुहान यहाँस्थित ढोरबराह थान रहेको स्थानीयवासी धर्म विश्वकर्माले जानकारी दिनुभयो । ढोरबराह मन्दिरसहित उत्तरगंगा धाम यहाँको अतिप्राचीन तीर्थस्थल भए पनि यसको प्रचारप्रसार हुन नसक्दा अपेक्षित विकास हुन नसकेको उहाँको भनाइ छ । 

उत्तरगंगाको उद्गमस्थल ढोरबराहमा प्रत्येक वर्ष जनैपूर्णमा र वैशाखे पूर्णिमाका दिन मेला लाग्ने र बागलुङसहित आसपासका पर्वत, म्याग्दीलगायत जिल्लाबाट ठूलो संख्यामा दर्शनार्थी आउँछन् । मेलाका अवसरमा भक्तजनले भेडाको बलिसहित पूजाआजा गर्ने गरेको ढोरपाटन वडा नं ७ का अमर बुढा मगरले जानकारी दिनुभयो । भेडाको बलिसहित ढोरबराहको पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । 

मेलाका अवसरमा ढोरबराहमा पूजा गर्न जाने भक्तजनले रुद्रावती गंगाको उद्गमस्थल रुद्रताल स्नान एवं पूजा गरी ढोरपाटन देउरालीमा पाती चढाएर जाने भएकाले यहाँको पूजा रुद्रतालबाट शुरु हुने मानिन्छ । उत्तरगंगा नदीको उद्गमस्थल ढोरबराहको पूजा गरेर मनले चिताएको पुग्ने जनविश्वासका आधारमा विभिन्न भाकलसहित पूजा गर्न जानेको संख्या धेरै रहने गरेको छ । 

ढोरबराह मन्दिरमा कुनै पनि समयमा नसुक्ने बाइस धारा छन् । बाइस धारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास कायमै छ । कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगंगामा बगाउने प्रचलन पनि छ । आवश्यक भौतिक पूर्वाधारका साथै प्रचारप्रसारका अभावमा ढोरबराह र उत्तर गंगाधाम विकासका दृष्टिले अझै पछि परेको ढोरपाटन उद्योग वाणिज्य संघका सदस्य कृष्ण केसीले बताउनुभयोे । 

पछिल्लो समयमा ढोरपाटनसम्म जाने बाटो सहज बन्दै गएपछि भक्तजन आउने क्रममा क्रमशः वृद्धि भइरहेको छ । उत्तरगंगा धामको प्रवद्र्धन नहुँदा विकासले फड्को मार्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष नन्दे सुनारले बताउनुभयो । “उत्तरगंगा धामको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकास गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “यहाँको विकास सरकारको प्राथमिकतामा पर्नु आवश्यक छ । 

ढोरपाटन र आसपासका पर्यटकीयस्थलको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हालै यस क्षेत्रको अध्ययन भ्रमण गरिएको संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो । “जनप्रतिनिधि, पर्यटन व्यवसायी र सञ्चारकर्मीसमेतको उपस्थितिमा आयोजित भ्रमणपछि यस क्षेत्रको प्रचारप्रसार र भौतिक पूर्वाधार विकास आवश्यक महसुस गरिएको छ,” उहाँले भन्नुभयो, “सरोकारवाला सबैको प्रयासमा यहाँको प्रचारप्रसारका साथै भौतिक पूर्वाधार विकास गर्नु आवश्यक छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड