स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट काग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट काग"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नेपाली हाते कागजबाट मनग्य आम्दानी गर्दै तेह्रथुमका महिला

२०७४, २८ चैत्र बुधबार १०:२६

तेह्रथुम, २८, चैत | फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् । 


स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताउनुभयो । 

घाम लागेको समयमा अरू दिनमा भन्दा बढी हाते कागज उत्पादन हुने गरेको छ । कागज बनाएरै मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको राईले बताउनुभयो । उत्पादित हाते कागज रु २५ सम्ममा बिक्री हुन्छ । 

जंगलमा पाइने अर्गेली (लोक्ता) को बोक्रा निकालेर पकाएपछि कागज बनाउन चाहिने पदार्थ तयार हुन्छ । लालीखर्कका पुरुष वैदेशिक रोजगारीमा रहेका र महिलाको रोजगारी भने हाते कागजमै रहेको छ । मेची राजमार्गले छोएको लालीखर्कका अधिकांश महिलाको आम्दानीको स्रोत नेपाली हाते कागज बनेको छ । यस क्षेत्रका महिला दुई दशकदेखि कागज बनाउदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश